सोमबार १४ अर्ब ३३ करोडको ट्रेजरी बिल्स नवीकरण

0
Shares

नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ३३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल्स जारी गर्ने भएको छ । सरकारलाई आवश्यक पर्ने आन्तरिक ऋण उठाउने प्रयोजनका लागि यसअघि केन्द्रीय बैंकले ट्रेजरी मार्फत उठाएको १४ अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल्स नवीकरण गर्न लागिएको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिको ८ अर्ब रुपैयाँ र १८२ दिन अवधिको ६ अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ । यी ट्रेजरी क्रमशः माघ २ गते र २०८१ असार ५ गते परिपक्व हुनेछन् । पुस २ गते सोमबार बोलकबोल भई मंगलबार जारी हुने ट्रेजरी बिल्स खरिदका लागि बैंक तथा वित्तीय संस्थाले सोमबार २ बजेभित्र बोलकबोल गर्न सक्नेछन् ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । यसअघि मङ्सिर २५ गते जारी भएको ९१ दिन अवधिको ८ अर्ब ५० करोडको ट्रेजरीमा २४ अर्ब २३ करोड, १८२ दिन अवधिको ८ अर्बको ट्रेजरीमा ३१ अर्ब १४ करोड र ३६४ दिन अवधिको २ अर्बको ट्रेजरीमा १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको बोलकबोल परेको थियो । जसमा भारित औषत डिस्काउन्ट रेट क्रमशः ३.३११२, ३.७६९७ र ४.७१६९ प्रतिशत कायम भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।