प्रथम चौमासमा वाणिज्य बैंकहरुको नाफा १८% घट्यो, चारले मात्र बढाए

0
Shares

चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा सञ्चालनमा रहेका बीस वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड २२ लाख रुपैयाँ कुल नाफा आर्जन गरेका छन् । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.१३ प्रतिशत थोरै हो ।

विसं २०७९ कार्तिक मसान्तसम्म तत्कालीन अवस्थामा सञ्चालनमा रहेका २६ वाणिज्य बैंकले २५ अर्ब ३२ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । समीक्षा अवधिमा ६ वटा वाणिज्य बैंक मर्जरका कारण विलय हुँदा मुनाफा समेत ४ अर्ब ५९करोड २ लाख बढीले घटेको हो ।
अघिल्लो कार्तिकसम्म ३१ करोड २५ लाख मुनाफामा रहेको कृषि विकास बैंक चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा आइपुग्दा २७ करोड ८८ लाख रुपैयाँभन्दा धेरै नोक्सानीमा पुगेको छ । अन्य १९ बैंकले २१ अर्ब १ करोड ११ लाख नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा चार वटा बैंकहरु राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंकको नाफा बढेको छ । तथ्याङ्क अनुसार राष्ट्रिय वाणिज्य बैंकको ३०.२० प्रतिशतले बढेको छ भने प्राइमको २२.२५, माछापुच्छ्रेको १२.६९ र हिमालयन बैंकको नाफा ७.९१ प्रतिशतले वृद्धि भएको हो ।

S.N.

Sector- Commercial Banks

Profit Upto Kartik 2080 in Mn

Profit Upto Kartik  in Mn

Change %

1

Agriculture Development Bank

-278.84

318.55

-187.53

2

Kumari Bank Limited*

888.09

1984.46

-55.25

3

Siddhartha Bank Limited

333.86

674.12

-50.47

4

Laxmi Sunrise Bank Limited*

515.99

1032.94

-50.05

5

NIC Asia Bank Ltd.

1377.66

2227.85

-38.16

6

Nepal Bank Limited

668.16

959.42

-30.36

7

Nepal SBI Bank Limited

605.60

827.80

-26.84

8

Nepal Investment Mega Bank Limited*

1866.88

2295.43

-18.67

9

Citizen Bank International Limited

582.42

704.93

-17.38

10

Prabhu Bank Limited*

1057.90

1225.56

-13.68

11

Global IME Bank Limited*

1946.96

2208.16

-11.83

12

Standard Chartered Bank Limited

981.98

1083.98

-9.41

13

Nabil Bank Limited

2169.66

2357.98

-7.99

14

Everest Bank Limited

1080.21

1151.44

-6.19

15

NMB Bank Limited

1238.56

1308.41

-5.34

16

Sanima Bank Limited

777.83

787.49

-1.23

17

Himalayan Bank Limited*

1506.62

1396.15

7.91

18

Machhapuchhre Bank Limited

671.52

595.88

12.69

19

Prime Commercial Bank Ltd.

1534.46

1255.15

22.25

20

Rastriya Banajya Bank

1206.74

926.82

30.20

Total

20,732.26

25,322.52

-18.13

 

समीक्षा अवधिमा १६ बैंकको नाफा घटेको छ । कृषि विकास बैंकको नाफा १८७.५३ प्रतिशत, कुमारी बैंकको ५५.२५, सिद्धार्थ बैंकको ५०.४७, लक्ष्मी सनराइज ५०.०५, एनआईसी एशिया ३८.१६ प्रतिशत र नेपाल बैंकको नाफा ३०.३६ प्रतिशतले घटेको छ । यस्तै गत कार्तिको तुलनामा नेपाल एसबिआई बैंकको २६.८४ प्रतिशतले नाफा घट्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १८.६७, सिटिजन लाइफको १७.३८, प्रभु बैंकको १३.६८ र ग्लोबल आइएमई बैंकको ११.८३ प्रतिशतले नाफा घटेको छ । यस अवधिमा थप पाँच बैंकको नाफा दश प्रतिशतभन्दा कमले घटेको छ । जसमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको ९.४१ प्रतिशत, नबिल बैंकको ७.९९, एभरेष्ट बैंकको ६.१९, एनएमबि बैंकको ५.३४ र सानिमा बैंकको १.२३ प्रतिशतले घटेको हो ।

नबिल बैंकले कमायो सर्वाधिक, पच्छाउँदै ग्लोबल र एनआईएमबि

चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात कार्तिक मसान्तसम्ममा २० अर्ब ७३ करोड बढी खुद नाफा कमाउँदा नबिलले सबैभन्दा धेरै २ अर्ब १६ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै ग्लोबल आईएमई बैंकले कुल १ अर्ब ९४ करोड ६९ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कुल १ अर्ब ८६ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ ।

यसैगरी २०८० कार्तिक मसान्तसम्म प्राइम कमर्सियल बैंकले १ अर्ब ५३ करोड ४४ लाख रुपैयाँ, हिमालयन बैंकले १ अर्ब ५० करोड ६६ लाख रुपैयाँ, एनआईसी एशियाले १ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ, एनएमबि बैंकले १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड ६७ लाख रुपैयाँ, एभरेष्ट बैंकले १ अर्ब ८ करोड २ लाख रुपैयाँ र प्रभु बैंकले १ अर्ब ५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । दश वाणिज्य बैंकको चार महीनाको नाफा एक अर्बभन्दा बढी छ ।

Sector- Commercial Banks

Profit Upto Kartik 2080 in Mn

Profit Upto Kartik  in Mn

Change %

Nabil Bank Limited

2169.66

2357.98

-7.99

Global IME Bank Limited*

1946.96

2208.16

-11.83

Nepal Investment Mega Bank Limited*

1866.88

2295.43

-18.67

Prime Commercial Bank Ltd.

1534.46

1255.15

22.25

Himalayan Bank Limited*

1506.62

1396.15

7.91

NIC Asia Bank Ltd.

1377.66

2227.85

-38.16

NMB Bank Limited

1238.56

1308.41

-5.34

Rastriya Banajya Bank

1206.74

926.82

30.20

Everest Bank Limited

1080.21

1151.44

-6.19

Prabhu Bank Limited*

1057.90

1225.56

-13.68

Standard Chartered Bank Limited

981.98

1083.98

-9.41

Kumari Bank Limited*

888.09

1984.46

-55.25

Sanima Bank Limited

777.83

787.49

-1.23

Machhapuchhre Bank Limited

671.52

595.88

12.69

Nepal Bank Limited

668.16

959.42

-30.36

Nepal SBI Bank Limited

605.60

827.80

-26.84

Citizen Bank International Limited

582.42

704.93

-17.38

Laxmi Sunrise Bank Limited*

515.99

1032.94

-50.05

Siddhartha Bank Limited

333.86

674.12

-50.47

Agriculture Development Bank

-278.84

318.55

-187.53

नोटः मर्जरमा गई विलय भएका ६ वाणिज्य बैंकको आर्थिक वर्ष २०७९ कार्तिक मसान्तसम्मको नाफालाई मर्जर भई बनेको नयाँ संस्थामा एकीकृत गरी प्रस्तुत गरिएको छ ।

समीक्षा अवधिमा दश बैंकले एक अर्बभन्दा कम नाफा कमाएकोमा कृषि विकास बैंक २७ करोड ८८ लाख नोक्सानीमा रहेको छ । यस अवधिमा अधिकविदेशी स्वामित्व रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९८ करोड १९ लाख रुपैयाँ, कुमारी बैंकले ८८ करोड ८० लाख, सानिमा बैंकले ७७ करोड ७८ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले ६७ करोड १५ लाख रुपैयाँ, नेपाल बैंकले ६६ करोड ८१ लाख रुपैयाँ, नेपाल एसबिआईले ६० करोड ५६ लाख रुपैयाँ, सिटिजन बैंकले ५८ करोड २४ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ५१ करोड ६० लाख रुपैयाँ र सिद्धार्थ बैंकले सबैभन्दा कम ३३ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस अवधिमा सिद्धार्थ बैंकको खुद नाफा सबै भन्दा कम अर्थात् ३३ करोड ३८ लाख रहेको छ । त्यस्तै लक्ष्मी सनराइज बैंकले ५१ करोड ५९ लाख, सिटिजन्स बैंकले ५८ करोड ६२ लाख, नेपाल एसबिआई बैंकले ६० करोड ५६ लाख , तथा नेपाल बैंकले ६६ करोड ८१ लाख खुद नाफा कमाएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।