हिमालयन बैंकले लाभांश नदिने

0
Shares

हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।

बैंक सञ्चालक समितिको पुस ४ गते बिहान ९ बजे बसेको ४४६ औं बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेकोकम्पनी सचिव विपिन हाडाले जानकारी दिए ।

बैठकले लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष उक्त वित्तीय विवरण स्वीकृतिको लागि पेश गरिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि वित्तीय विवरण बैंकको आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने निर्णय समेत सो बैठकले गरेको छ ।

हिमालयन बैंकले आव २०७८–७९ बाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सरकारले एफपीओ, मर्जर तथा प्राप्तीमा वार्गेन पर्चेज तथा लिलामीबाट भएको आम्दानीलाई नाफा नोक्सान हिसाबमा देखाएर ३० प्रतिशत आयकर तिर्नुपर्ने भएपछि हिमालयन बैंकले पनि सो अनुसारको कर सरकारलाई बुझाउँदा सेयरधनीको यस वर्ष हात खाली भएको हो ।

यस्तो छ बैंकको लाभांश इतिहासः–

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2078/2079 8.00 11.11 19.11
2 2077/2078 21.38 4.62 26.00
3 2076/2077 14.00 6.00 20.00
4 2075/2076 10.00 12.00 22.00
5 2074/2075 5.00 10.78 15.78
6 2073/2074 25.00 1.32 26.32
7 2072/2073 30.00 1.57 31.57
8 2071/2072 35.00 7.10 42.10
9 2070/2071 15.00 6.05 21.05
10 2069/2070 5.00 10.00 15.00
11 2068/2069 15.00 13.42 28.42
12 2067/2068 20.00 16.84 36.84

 

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।