बिहीबारदेखि थप तीन कम्पनीको आईपीओ दोस्रो बजारमा कारोबार खुल्दै

0
Shares

बिहीबारदेखि थप तीन कम्पनीको आईपीओको दोस्रो बजारमा कारोबार सुरु हुने भएको छ । तीनवटै कम्पनीको आईपीओ गोलाप्रथाबाट सेयर प्राप्त गरेका लगानीकर्ताको डिम्याट खातामा जम्मा भैसकेको छ । तीनवटै कम्पनीको धितोपत्र बिहीबारदेखि दोस्रो बजारमा खरिद बिक्री गर्न सक्नेछन् । 

नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेड, चिरख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको सेयर बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएसँगै बिहीबारदेखि ती कम्पनीको आईपीओ दोस्रो बजारमा कारोबार खुला हुने भएको हो ।

नेप्सेमा अनुसार नेपाल वेयर हाउजिङ्गको आईपीओ एनडब्लूसीएल (NWCL), चिरख्वा हाइड्रोपावरको सीकेएचएल (CKHL) र भिजन लुम्बिनी उर्जाको भिएलयूसीएल (VLUCL) कारोबार संकेतमा दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

नेप्सेले नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओलाई पहिलो कारोबारका लागि ९३ रुपैयाँ ४ पैसादेखि २७९ रुपैयाँ १२ पैसासम्म, चिरख्वा हाइड्रोपावरको आईपीओलाई ९३ रुपैयाँ ४ पैसादेखि २७९ रुपैयाँ १२ पैसासम्म र भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आईपीओलाई ९३ रुपैयाँ ४ पैसादेखि २७९ रुपैयाँ १२ पैसासम्मको ओपनिङ्ग कारोबार रेञ्ज तोकेको छ ।

नेप्सेले तीनवटै कम्पनीको लेखापरीक्षण भएको वास्तविक प्रतिसेयर नेटवर्थका आधारमा प्रतिसेयर नेटवर्थलाई न्यूनतम र त्यसको तीन गुणासम्मको अधिकतम कारोबार रेञ्ज तोकेको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।