सोल्टी होटलको कतिमा भयो सेयर मूल्य समायोजन ?

0
Shares

सोल्टी होटल लिमिटेडको बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर मूल्य समायोजन भएको छ । होटलको ५ प्रतिशत बोनस सेयरमा मूलय समायोजन भएको हो ।

नेप्सेका अनुसार ५ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता ४८२ रुपैयाँ ८६ पैसा तोकिएको छ । होटलको सेयर अन्तिम पटक बुधबार प्रतिकित्ता ५०७ रुपैयाँमा खरिद बिक्री भएको थियो । यहि मूल्यलाई आधार मानेर नेप्सेले बोनस समायोजन गरी नयाँ मूल्य तोकेको हो ।धितोपत्रको दोस्रो बजारमा बिहीबार यहि भाउलाई आधार मानेर होटलको सेयर कारोबार सुरु हुनेछ । 

नेपाल प्रज्ञा भवन कमलादीमा पुस २६ गते बिहीबार साढे १० बजे आह्वान गरिएको ४९ औं वार्षिक साधारण सभाका तथा लाभांश वितरण प्रयोजनार्थ लागि सोल्टी होटलले पुस ५ गते बिहीबार बुकक्लोज गर्दैछन् । बुकक्लोज अनुसार बुधबारसम्म नेप्सेमा सेयर कारोबार भइ कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभाले हाल कायम चुक्ता पुँजीको २६.५७८ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव सहित अन्य प्रस्तावहरु पारित गर्नेछ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।