राष्ट्र बैंकले वित्तीय प्रणालीबाट थप २५ अर्ब निक्षेप संकलन मार्फत तान्दै

0
Shares

वित्तीय प्रणालीमा अधिक तरलता भएका कारण केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन तथा अन्तर बैंकदर बढाउन निक्षेप संकलन गर्दै आएको छ।

यसै क्रममा केन्द्रिय बैंकले शुक्रबार २५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बुधबार मात्रै २५ अर्ब निक्षेप संकलन गरेको थियो ।

केन्द्रीय बैंकले निरन्तर निक्षेप संकलन जारी गरेसंगै निक्षेप संकलनको ब्याजदर पनि बढ्दै करिडोरको तल्लो सीमा नजिक अर्थात २.७७ प्रतिशतमा पुगेको छ। अन्तर बैंक ब्याजदर पनि २.७१ प्रतिशतमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले मंसिर महिना सुरु भएयता एक खर्ब ७२ अर्ब २५ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ । निक्षेप संकलन मार्फत बैंकिङ प्रणालीबाट तानेको करिब एक खर्ब १५ अर्ब रुपैयाँ केन्द्रीय बैंकसंग नै छ अर्थात परिपक्क हुन बाँकी नै छ । त्यतिहुँदा पनि निक्षेप संकलनको दरले ब्याजदर करिडोरको तल्लो सीमा छुन सकेको छैन ।

केन्द्रीय बैंकले आक्रामक रुपमा वित्तीय प्रणालीको तरलता निक्षेप संकलन मार्फत खिचेर अन्तर बैंक दरलाई ब्याजदर करिडोरको तल्लो सीमासम्म पु्रयाउने प्रयास सफल हुन सकेको छैन । सोही अनुसार बुधबार २५ अर्ब रुपैयाँ बरावरको निक्षेप संकलन गरेको केन्द्रीय बैंकले शुक्रबार थप २५ अर्ब संकलन गर्न लागेका हो।

केन्द्रीय बैंकका अनुसार बैंकिङ क्षेत्रको कुल निक्षेप ६० खर्ब २७ रहेको छ भने कुल कर्जा लगानी ५० खर्ब २ अर्ब रहेको छ । मंगलबार मात्रै बैंकिङ प्रणालीमा ५ अर्ब निक्षेप थपिएको छ भने कर्जा लगानी २ अर्बले मात्र बढेको छ । बैंकहरुले कर्जा लगानी गर्न नसकेको भन्ने कर्जा निक्षेप अनुपातले पनि स्पष्ट हुन्छ ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको पछिल्लो कर्जा निक्षेप अनुपात औसतमा ८०.२१ प्रतिशत मात्र रहेको छ । बैंक वित्तीय संस्थाले यसलाइ बढाएर ९० प्रतिशतसम्म पु्रयाउन सक्छन ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।