एनएमबि बैंकको मोबाइल बैंकिङ्ग एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

0
Shares

एनएमबि बैंकको मोबाइल बैंकिङ्ग एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने भएको छ ।

बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरी ग्राहकलाई मोबाइल बैंकिङ्ग एप प्रयोग गरी हेटौंडा खानेपानीको महशुल बिना कुनै झन्झट घरै बसी अनलाइन तिर्न सक्ने व्यवस्था मिलाएको हो ।

हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा एनएमबि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टबीच सम्झौता आदानप्रदान भएको थियो । सो कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द व्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एशिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १६७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।