आत्मनिर्भर लघुवित्तले डाक्यो पुस २८ गते साधारण सभा

0
Shares

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड पुस २८ गते साधारण सभा डाकेको छ ।

लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते शनिबार होटल माला ईन, घोराही, दाङमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

सभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै सर्वसाधारण समूहबाट २ जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस्तै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १६ गते सोमबार एक दिनका लागि बुकक्लोज तोकेको छ । बुकक्लोज अनुसार पुस १२ गते बिहीबाार सम्म नेप्सेमा सेयर कारोबार भइ कायम रहने सेयरधनीहरुले मात्र लघुवित्तको आगामी वार्षिक साधारण सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।