अघिल्ला वर्ष ४२% लाभांश दिएको रिडी पावरले यस वर्ष लाभांश नदिने

0
Shares

रिडी पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० मुनाफाबाट बोनस वा नगद कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको शुक्रबार बसेको कम्पनी सञ्चालक समिति बैठकले लाभांश नदिने निर्णय गर्दै सामान्य प्रस्तावहरु राखेर पुस २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ ।

अघिल्लो आवको मुनाफाबाट सेयरधनीलाई ४० प्रतिशत बोनस र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लगानीकर्ताको हातखाली बनाएको हो । रिडी हाइड्रोपावर र रैराङ्ग हाइड्रोपावरबीच मर्जरपछि कम्पनीले लगानीकर्तालाई उच्च लाभांश दिएको थियो ।

सभाले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यस्तै चालू आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते मंगलबार एक दिन बुकक्लोज गर्ने भएको छ । बुकक्लोजका आधारमा पुस १६ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।