नबिल बैंकले ५२ स्थानका घर तथा जग्गा लिलाम गर्ने

0
Shares

नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको गैर बैकिङ सम्पत्ती लिलामी गर्ने भएको छ । बैंकबाट लिएको कर्जा तिर्न वेवास्ता गरेपछि बैंकले धितोमा राखिएका २१ जिल्लामा रहेका ५२ स्थानका घर तथा जग्गा लिलामी गर्ने भएको हो ।

बैंकमा राखिएको धितो जहाँ जे जस्तो अवस्थामा छ, सोही अवस्थामा गोप्य सिलबन्दी बोलपत्रद्धारा लिलाम बिक्री गरी गर्ने बैंकले जनाएको छ ।

बैंकले बिक्रीमा राखिएको जग्गा मध्ये काठमाण्डौं महानगरपालिका भित्रका वडा नम्बर १० र १४ गरी २ वटा स्थानका रहेका छन् । यस्तै बैंकले ललितपुर उप महानगरपालिका भित्रका वडा नम्बर ५ठ र १च का जग्गा र घर बिक्रीमा राखेको छ ।

यस्तै बैंकले भक्तपुरको सुडाल गाविस वडा नम्बर ५घ, काभ्रेपलाञ्चोक जासिका स्थान साँगा गाविस वडा नम्बर ६ को घर जग्गा बिक्रीमा ल्याएको छ ।

उक्त सम्पत्ति खरिद गर्न चाहने इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संघ संस्थालाई बैंकले तोकेको शर्तको अधिनमा रही आफुले के कति मूल्य तिरी लिन चाहेको परिमाण खुलाएर १५ दिन भित्र बैंकको कर्जा असुली विभाग बिजुली बजारमा शीलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।

एक भन्दा बढी सम्पत्ती बिक्रीको हकमा बोलपत्र पेस गर्दा कुन कुन सम्पत्तीको लागि के कति बोलकबोल गर्न खोजिएको स्पष्ट खुलाई पेस गर्नु पर्ने जनाएको छ ।

आफुले कबोल गरेको रकमको कम्तिमा १० प्रतिशतले हुन आउने रकम धरौटी वापत यस बैंकको जुन सुकै शाखामा रकम जम्मा गरी सो को सक्कल भौचर र/वा अन्य बैंक वित्तीय संस्थाको ड्राफ्ट गुड फर पेमेन्ट चेक/मैनेजर/बैंकर्स चेक समेत बोलपत्र साथ समावेश गरी पेश गर्नु पर्नेछ ।

स्वीकृत बोलपत्रदाताले बैंकको सूचना पाएको मितिले १५ (पन्ध्र) दिन भित्र कबोल गरेको सम्पूर्ण रकम नगदै जम्मा गर्नु पर्नेछ । साथै, उक्त समय भित्र कबुल गरेको रकम दाखिला नगरेमा धरौटी वापत राखिएको रकम बैंकले जफत गर्न सक्नेछ ।

कुनै अड्डा, अदालतबाट लिलाम सम्बन्धीकार्य रोक्का वा बदर गर्ने आदेश भएमा लिलाम रोक्का वा बदर हुनेछ । त्यस्तो अवस्थामा बोलपत्रदाताले धरौटी वापत जम्मा गरेको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता दिईनेछ तर सो मा कुनै व्याज प्रदान नगरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।