एनएमबि क्यापिटलले १७% नगद लाभांश वितरण गर्ने

0
Shares

एनएमबि क्यापिटलले गत आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

एनएमबि क्यापिटल लिमिटेडले पुस २९ मा तेह्रौं वार्षिक साधारण सभा आह्वान गर्दै उक्त लाभांश अनुमोदन गराउने निर्णय गरेको छ । सभा होटल बाराही त्रिदेविमार्ग, ठमेल, काठमाडौंमा दिनको ४ बजे सुरु हुनेछ ।

सभाले गत आवको मुनाफाबाट १७ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यो लाभांश एनएमबि बैंकले पाउनेछ । क्यापिटल एनएमबि बैंकको सहायक कम्पनी हो ।

यस्तै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०–८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पेस हुने छ ।

यसैगरी सभाले कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नेसम्बन्धी विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।