नेपाल लाइफको ५ लाख २३ हजार संस्थापक सेयर लिलामीमा

0
Shares

नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार ११२ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको सो संस्थापक सेयरमा पुस ११ गते बुधबारदेखि लिलामी बिक्रीमा आएको हो ।

बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाले सो लिलामी सेयर खरिदका लागि बोलपत्र आवेदन दिनसक्ने जनाएको छ । उत्त, सेयरको भाउ न्यूनतम प्रतिकित्ता ३२५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि न्यूनतम १० हजार कित्ताका लागि माग गर्नुपर्नेछ ।

बोलकबोलमा जुन आवेदकले बढीमूल्यमा आवेदन दिन्छ सोही आधारमा कम्पनीको सेयर बाँडफाँड हुनेछ । लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन पुस १९ गते रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।