शिवम् सिमेन्टको कहिले हुँदैछ बुकक्लोज ?

0
Shares

शिवम् सिमेन्टसले पुस २७ गते आह्वान गरेको साधारण सभाका लागि पुस १९ गते बिहीबार बुकक्लोज गर्ने भएको छ ।

कम्पनीको पुस ३ गते बसेको १२३ औं बैठकको निर्णय अनुसार पुस २७ गते शुक्रबार आव २०७९–८० को वार्षिक साधारण सभा बोलाउने र सो सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्ने प्रायोजनका लागि २०८० पुस १९ गते एक दिन कम्पनीको सेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) हुने जानकारी दिएको छ ।

बुकक्लोज अनुसार पुस १८ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र कम्पनीको प्रस्तावित १५ प्रतिशत लाभांश प्राप्त गर्न र लाभांश पाउन सक्नेछन् ।

गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । कम्पनीले चुक्ता पुँजी ४ अर्ब ४० करोडको १४.२५ प्रतिशत बोनस सेयर दिने छ । १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने छ । यस्तै, चुक्ता पुँजीको ०.७५ प्रतिशतका दरले हुने ३ करोड ३० लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

उक्त प्रस्तावित लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २७ गते शुक्रबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा बिहान ९ बजे आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।