साढे ७ अर्बमा काठमाडौंको तिनकुनेमा इन्टरनेशनल हस्पिटल निर्माण हुँदै

0
Shares

काठमाडौंको तीनकुनेमा काठमाडौं इन्टरनेशनल हस्पिटल निर्माणधिन अवस्थामा रहेको छ । चितवन मेडिकल कलेजका र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका दुई डाक्टरहरको पहल उक्त हस्पिटल निमार्ण भइरहेको हो ।

हस्पिटल निर्माण लागत कुल ७ अर्ब ४६ करोड ३० लाख रहेकोे । कुल लगानी मध्ये ७५ प्रतिशत हिस्सा कर्जा आधारित रहेको छ भने २५ प्रतिशत सेयरहोल्डरहरुको लगानी रहेको छ । सन् २०२३ को जुलाई महिनासम्मको अभिलेख अनुसार हस्पिटल निर्माणका लागि जग्गा अधिग्रहणको काम सक्किएको छ भने ४७ प्रतिशत वित्तीय प्रगति भएको छ ।

तीन सय सैया क्षमताको उक्त हस्पिटलमा प्रोफेसर डाक्टर हरिसचन्द्र न्यौपाने र गोपेन्द्र प्रसाल डिओको लगानी रहेको छ । डा. न्यौपाने चितवन मेडिकल कलेजका अध्यक्ष हुन् भने डा. डिओ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका विभागीय प्रमुख तथा असोसिएट प्रोफेसर हुन् । यसरी दुई डाक्टरहरुको लगानीमा तिनकुनेमा अत्याधुनिक सेवा सुविधा युक्त हस्पिटल निर्माण हुँदै छ ।

कुल २७ हजार ७२६ वर्ग मिटर जग्गामा निर्माण भइरहेको उक्त हस्पिटलमा हेलिप्याडको सुविधा समेत हुनेछ । सन् २०२५ को जुलाई महिनादखि काठमाडौं इन्टरनेशनल हस्पिटल सञ्चालनमा आउने प्रारम्भिक आकलन रहेको छ ।

हस्पिटल निर्माण समितिले ५ अर्ब ६५ करोड कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर नेपालले ५ अर्ब ५६ करोड २० लाख बराबरको दीर्घकालीन कर्जाका लागि बी प्लस र ८ करोड ८० लाख बराबरको कर्जाका लागि ए४ रेटिङ गरेको छ।

यससँगै पछिल्लो समयमा काठमाडौंमा स्थापना भएका सुविधा सम्पन्न हस्पिटलहरुको सूचीमा अर्को हस्पिटल जोडिएको छ । स्वास्थ्य क्षेत्रमा देखिएको प्रतिस्पर्धा गर्न हस्पिटल सफल हुन्छ वा हुँदैन भन्ने प्रश्न यथावत् नै रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।