बलेफी हाइड्रोपावरले लाभांश नदिने, शतप्रतिशत हकप्रद प्रस्ताव सहित डाक्यो साधारण सभा

0
Shares

बलेफी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९–८० बाट कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको पुस १३ गते शुक्रबार बसेको बैठकले लाभांश वितरणको कुनै प्रस्ताव नराखि सभा डाकेको छ । बैठकले २०८० माघ १० गते आम्रपालि व्याक्वेट नक्साल भाटभटेनीमा बुधबार बिहान ११ बजे कम्पनीको बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सभाको विशेष प्रस्तावहरुमा कम्पनीले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने साधारण सभाका निर्णय बमोजिम विद्युत नियमन आयोगबाट सहमती प्राप्ती पश्चात अनुमोदन तथा पारित गर्ने रहेको छ । साथै संस्थापक सेयरधनीहरुबाट सेयर बापतको एड्भान्स रकम उठाउने साथै नियमनकारी निकायहरुबाट कुनै संसोधन तथा निर्देशन भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

सभाबाट कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन र हकप्रद सेयर सम्बन्धी पारित प्रस्ताव नियमनकारी निकायहरुबाट स्वीकृत लिने क्रममा आवश्यक थपघट वा परिमार्जन गर्नु पर्ने भएमा सो कार्य गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।

सभाले हकप्रद सेयर जारी पश्चात प्राप्त पुँजीको उपयोग सम्बन्धमा समेत निर्णय गर्नेछ । हकप्रद सेयर जारी गर्दा कुनै सेयरधनीले आफूले लिन पाउने हकप्रद सेयर लिने इच्छा नगरेमा हक हस्तान्तरण गर्न र सो वापतको रकम दाखिला गरी अर्को सेयरधनीले हकप्रद सेयर लिन पाउने व्यवस्था पनि सभामा राखिएको छ ।

यसैगरी सामान्य प्रस्तावहरुमा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आव २०७९–८० को वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने भएको छ ।

बाह्रौं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ । साथै सभाले सञ्चालक समितिको पुर्नगठन गर्ने र कम्पनीको ठेगाना परिवर्तन गर्नका लागि प्रबन्धपत्रको दफा २ तथा नियमावलीको नियम २ मा संशोधन गर्ने भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ पुस २०८०, सोमबार  १३ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।