तीन कम्पनीको सेयर मूल्य समायोजन

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १७ गते मंगलबार तीन कम्पनीको बोनस सेयर समायोजनपछि नयाँ भाउ तोकिएको छ । नेप्सेमा यस दिन जीवन विकास लघुवित्त, कालिका पावर कम्पनी र युनिभर्सल पावर कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

नेप्सेले जीवन विकास लघुवित्तको १४ प्रतिशत, कालिका पावर कम्पनीको १० प्रतिशत र युनिभर्सल पावर कम्पनीको ८.५५ प्रतिशत बोनस सेयर समायोजन गरर नयाँ भाउ तोकेको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुधबार बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

बोनस समायोजनपछि जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता सेयर मूल्य १३२२ रुपैयाँ १० पैसा निर्धारण भएको छ । मंगलबार अन्तिम पटक लघुवित्तको सेयर १५०७ रुपैयाँ १० पैसामा खरिद बिक्री भएको थियो ।

यसैगरी कालिका पावर कम्पनीको १० प्रतिशत बोनस समायोजनपछि प्रतिकित्ता ३३४ रुपैयाँ ५५ पैसा तोकिएको छ । कम्पनीको सेयर मंगलबार अन्तिम पटक ३६८ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

साथै युनिभर्सल पावर कम्पनीको ८.५५ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता २०१ रुपैयाँ ७५ पैसा मूल्य तय भएको छ । कम्पनीको सेयर मंगलबार अन्तिम पटक २१९ रुपैयाँमा कारोबार भएको थियो ।

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले भने नगद लाभांश दिन लागेकाले सेयर मूल्य समायोजन भएन । दोस्रो बजारको १० प्रतिशतभन्दा कम नगद लाभांशमा नेप्सेले सेयर मूल्य समायोजन गर्ने गरेको छैन ।

नेप्सेले मंगलबार समायोजन गरेको भाउलाई आधार मानेर अब तीनओटै कम्पनीको बुधबार दोस्रो बजारमा सेयर कारोबार सुरु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।