एपोलो हाईड्रोको १४ करोडको आईपीओ आउने, मुक्तिनाथ क्यापिटलले प्रत्याभूति गर्ने

0
Shares

एपोलो हाईड्रोपावरले सर्वसाधारणहरुमा १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ ।

कम्पनीले निष्कासन गर्ने सेयरको प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत आयोजना ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरी ६ मे.वा. विद्युत उत्पादन क्षमता रहेको छ ।

यस कम्पनीले नेपाल विद्युत प्राधिकरण संग मिति २०७५ साल श्रावण २२ गते विद्युत खरिद सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५% सम्पन्न गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार  १३ : ३५ बजे