मुक्तिनाथ विकास बैंकको ५ हजारसम्म हातपर्ने योजना सार्वजनिक

0
Shares

मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिकोत्सवको अबसरमा डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ ।

पहिलो योजनाअनुसार बैंकले टपअप मा टपअप धमाका सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङ्गमार्फत २०० रुपैयाँ वा सोभन्दा बढीको टपअप कारोवार गर्दा दैनिक १८ जनाग्राहकले लक्की–ड्र मार्फत २०० रुपैयाँको टपअप प्राप्त गर्नेछन् । यो योजना २०८० पौष १९ गते देखि २५ गते सम्मका लागि रहने बैंकले जनाएको छ ।

दोश्रो योजनाअनुसार बिजुली र ईन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ । यस योजनामा बैंकको मोवाईल बैंकिङ्गमार्फत हाल सम्मबिजुली र ईन्टरनेटको विल भुक्तानी नगरेका ग्राहकहरुले पहिलो पटक बिल भुक्तानी गरेमा नयाँ कारोवार गर्ने ग्राहकले भुक्तानी रकमको ५ प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्म प्राप्त गर्न सक्नेछन् ।

पहिले देखि विल भुक्तानी गरिरहेका ग्राहकहरुले यस अवधिमा पुनः भुक्तानी गरेमा त्यस ग्राहकमध्ये बिजुलीको विल अन्तर्गत १ जना र ईन्टरनेट विलअन्तर्गत १ जनाग्राहकले लक्की–ड्र मार्फत ५ महिना सम्मको विल भुक्तानी वा अधिकतम पाँच हजार रुपौयँसम्म प्राप्तगर्न सक्नेछन । यो योजना २०८० पौष १९ गते देखि माघ १९ गते सम्मका लागि हुने बैंकले जनाएको छ ।

तेश्रो योजनाअनुसार बैंकको क्यूआर मर्चेन्ट भई कुनै पनि कारोवार क्यूआर मार्फत प्राप्तनगरेको मर्चेन्टहरुले यस अवधिमा एक पटक वा पटक पटक गरी पाँच रुपैयाँसम्मको कारोवार रकम क्यूआर मार्फत प्राप्त गरेमावालिएमा त्यस ग्राहकमध्ये ५ जनाग्राहकले लक्की–ड्र मार्फत भिजा नेटवर्क प्राप्त गर्नेछन् । यो योजना २०८० पौष १९ गते देखि माघ १९ गते सम्मका लागि हुने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।