एनआईसी एशिया लघुवित्तको सञ्चालकमा कमल खड्का

0
Shares

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमल खड्का नियुक्त भएका छन् । लघुवित्तले सञ्चालक पदको बाँकी रहेको कार्यकालसम्मको लागि खड्कालाई नियुक्त गरेको हो ।

लघुवित्त वित्तीय संस्थाको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई चयन गरेको हो । लघुवित्तको संस्थापक एनआईसी एशिया बैंकको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थापक समुहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाईएको हुनाले उनलाई उक्त पदमा नियुक्त गरिएको हो ।

यसअघि एनआईसी एशिया बैंकको तर्फबाट उक्त पदमा सञ्चालक दिनेश भारीले प्रतिनिधित्व गर्दै आईरहेका थिए ।

नव नियुक्त सञ्चालक कमल खड्काले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् । बैंकिङ्ग क्षेत्रमा करिब १० वर्ष देखि कार्यरत रहेका खड्का एनआईसी एशिया बैंकमा आन्तरिक लेखापरीक्षण विभागमा विभागीय प्रमुखको रुपमा कार्यरत रहनुका साथै पेशाले चार्टर्ड एकाउन्टेन्ट पनि हुन् ।

उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।