कृषि विकास बैंकले माघ मसान्तभित्र वार्षिक प्रतिवेदन तयार गर्ने

0
Shares

कृषि विकास बैंक लिमिटेडले माघ मसान्तसम्म वार्षिक वित्तीय विवरण तयार गर्ने जनाएको छ । पुस मसान्तभित्र सधारण सभा सम्पन्न गर्न नसकेको बैंकले धितोपत्र बोर्डलाई पत्राचार गर्दै माघ मसान्तसम्मको अवधि थप गर्न आग्रह गरेको छ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पुस मसान्तभित्र पेश गर्नुपर्ने व्यवस्था छ । बैंकले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू लेखापरीक्षकबाट सञ्चालक समितिमा पेस नभएको भन्दै साधारण सभाका लागि ढिलाई हुने संकेत गरेको हो ।

गत वर्ष बैंकले चैत १४ गते वार्षिक साधारण सभा गरेको बैंकले २ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेतका लागि ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस वर्ष पनि बैंकले छिटोमा माघ अन्तिमसम्म मात्र सभा डाक्ने अवस्था देखिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।