ट्रेजरी मार्फत सोमबार १७ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

0
Shares

सरकारले ट्रेजरी बिल मार्फत सोमबार १७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै छ । राष्ट्र बैंकले सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत उक्त रकम आन्तरिक ऋण उठाउन लागेको जनाएको हो ।

केन्द्रीय बैंकले ट्रेजरी बिल बिक्री मार्फत ३ अर्ब नयाँ ट्रेजरी र अवधि परिपक्व भएको पुरानो १४ अर्ब रुपैयाँ गरी १७ अर्बको ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि बैंक तथा वित्तीय संस्थाहरुले सोमबार दिउँसो २ बजेभित्र बोलकबोल गर्न सक्नेछन् ।

केन्द्रीय बैंकले ९१ दिन अवधिको ८ अर्ब र १८२ दिन अवधिको ६ अर्बको ट्रेजरी बिल जारी गर्न लागेको हो । केन्द्रीय बैंकले जारी गर्न लागेको ९१ दिनको ट्रेजरी चैत्र २७ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको ट्रेजरी बिल २०८१ असार २६ गते परिपक्व हुनेछ ।

यसअघि पुस १६ गते सोमबार बोलकबोल भएको ९१ दिन अवधिको ७७५ करोडको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ३.४०३१ र १८२ दिन अवधिको ५०० करोडको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट ३.९४०३ प्रतिशत कायम भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।