सूर्यज्योति लाइफ इन्स्योरेन्स विरुद्ध भ्रामक प्रचार गरिएको कम्पनीको दाबी

0
Shares

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीको बारेमा केही अनलाइन मिडियाहरूद्वारा सुनियोजित तवरले भ्रामक, अतिरंजित र तथ्यहीन र सत्य तथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरूको सम्प्रेषण गरेको जनाएको छ ।

कम्पनीले एक विज्ञप्ती जारी गर्दै फरक फरक शीर्षक राखी श्रृंखलाबद्ध रुपमा इन्स्योरेन्स कम्पनी प्रति नकरात्मक असर पुर्‍याउने हेतुले आफुखुसी अपव्याख्या गर्दै कपोलकल्पित समाचारहरू प्रसारण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सूर्यज्योति लाइफप्रति आम जनतामा नै भ्रम सिर्जना गर्ने र कम्पनीको प्रतिष्ठामा आँच पु¥याउने उद्देश्यले सुनियोजित तवरले प्रकाशित गरेको र यस्ता आधारहिन समाचारको पछि नलागी पूर्ण रूपमा निर्धक्क भई कम्पनीले जारी गरेको बीमालेख खरिद गर्न कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले सदैव संस्थागत सुशासन, बीमा ऐन र नीति नियमको अवलम्बन गर्दै आएको र नियमनकारी निकाय बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी र निर्देशन अनुसार आफ्ना सम्पुर्ण कार्यसम्पादन गर्दै आएको जनाएको छ । कम्पनीले नियामक निकायहरूको नीति, नियम र निर्देशनहरूको परिधि भित्र रहीे निर्देशनहरूको पूर्ण परिपालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिई कार्य गर्दै आएको दाबी गरेको छ  ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।