महालक्ष्मी विकास बैंकको नगद लाभांश वितरण

0
Shares

महालक्ष्मी विकास बैंक लिमिटेडले नगद लाभांश वितरण गरेको छ । बैंकको पुस २८ गते सम्पन्न २२ औं वार्षिक साधारण सभाबाट पारित भएको लाभांश सम्बन्धित सेयरधनीको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरेको हो ।

उक्त सभाले चुक्ता पुँजीको ६.४० प्रतिशत नगद लाभांश (कर सहित) पारित गरेको थियो । वार्षिक साधारण सभाबाट पारित गरेको नगद लाभांश सोही दिनदेखि सेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको बैंकले जनाएको हो ।

साथै बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई हितग्राही खातामा बैंक खातामा अपडेट गर्न भनेको छ । बैंक खाता अपडेट भएपछि मात्र नगद लाभांश वितरण हुने बैंकको भनाई छ ।

बैंकको सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।