निफ्राका सूर्यबहादुर तामाङलाई निमित्त सीईओको जिम्मेवारी

0
Shares

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) मा सूर्यबहादुर तामाङलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।

प्रमुख कार्यकारी अधिकृत सीईओ रामकृष्ण खतिवडाले कार्यकाल सकिनुभन्दा एक वर्ष अघि नै पदबाट राजीनामा दिएसँगै तामाङलाई निमित्तको जिम्मेवारी दिइएको हो । खतिवडा २०७७ माघ १ गते खुल्ला प्रतिस्पर्धाबाट बैङ्कको सिईओ बनेका थिए ।

बैङ्कको सञ्चालक समितिको बैठकले खतिवडाको राजीनामा १ माघदेखि लागू हुने गरी स्वीकृत गरेको छ । खतिवडाले राजीनामा दिएसँगै बैङ्कका नायव महाप्रबन्धक तामाङलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।