कामना विकास बैंकको नाफा ३२ प्रतिशतले बढ्यो


चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कामना सेवा विकास बैंकको नाफा बढेको छ । पुस मसान्तसम्ममा बैंकले कुल २५ करोड ८९ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको पुससम्ममा बैंकले १९ करोड ५८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा बैंकको खुद नाफा ३२.१९ प्रतिशतले बढेको हो ।

यस्तै बैंकको खुद ब्याज आम्दानी भने ६.२४ प्रतिशतले घटेर ९५ करोड ८८ लाख ४० हजार रुपैयाँमा झरेको छ। गत वर्षको तुलनामा ६ महिनामा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

खुद शुल्क तथा कमिसन २५.६६ प्रतिशतले बढेर १२ करोड ३२ लाख ६६ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि ३२.२४% ले बढेर ३७ करोड ३५ हजार रुपैयाँ पुगेको छ ।

हाल बैंकको कुल चुक्ता पुँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने १ अर्ब ५१ करोड रुपैयाँ रिजर्भमा छ। बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ०४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।