आइशद्वारा सर्भिस क्याम्पको घोषणा

0
Shares

आइशर कमर्सियल भेहिकलको सर्भिस क्याम्पको आजबाट सुरुआत गरिएको छ । नेपालस्थित आधिकारिक बिक्रेता बतास एमएडब्लू कमर्सियल भेहिकल प्राइभेट लिमिटेडद्वारा १७ वटा विभिन्न ग्राहक सेवा केन्द्रबाट प्रदान गरिने १० दिने सर्भिस क्याप सुरुआत गरिएको हो ।

यी केन्द्रहरुमध्ये दुईवटा काठमाडौं उपत्यकाका जगाती र सतुंगलबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् भने उपत्यका बाहिर बिर्तामोड, इटहरी, जनकपुर, वीरगन्ज, हेटौंडा, दाङ, नेपालगञ्ज, सुर्खेत, धनगडी मध्ये आफूलाई पायकपर्ने स्थानबाट ग्राहकहरूले सेवा लिन सक्नेछन् ।

त्यसैगरी डिलर मार्फत् पोखरा, बुटवल, नारायणगढ, नौबिसे, नुवाकोट, त्रिशुलीबाट पनि ग्राहकहरूले सेवा लिन सक्नेछन् । यस १० दिने क्याम्पमा आइशरका १५०० भन्दा बढी व्यवसायिक गाडीहरुको अत्यन्त प्रभावकारी ढंगले जाँच एवम् मर्मत सम्भार गरिने छ भने जाँच गराउन आउँदा सवारी धनीहरुले स्पेयर्स पार्ट्समा १२% छुट, लुब्रिकेंट्समा २०% छुट, विशेष मर्मतमा २५% सम्मको छुट प्राप्त गर्नेछन् । यसैगरी नियमित मर्मत सम्भार, ड्राइभर ट्रेनिंग, ब्याट्री तथा वायरिंग चेक–अप निःशुल्क रुपमा पाउनुका साथै अन्य थुप्रै सुविधाहरु पनि प्राप्त गर्नेछन् ।

“बदलिँदो मौसमसँगै गाडीमा आइपर्ने विभिन्न समस्याहरूको समाधान गरी ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने मुख्य उद्देश्यसहित आइशरले कमर्सिअल भेहिकल सर्भिस क्याम्पको आयोजना गरेको हो । भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नवीन प्रविधिका उत्पादनहरू उत्पादन गर्दै आएका कारण नेपाल सहित विश्वबजारमा आइशर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको छ ।” आइशर कमर्सियल भेहिकलका सर्भिस–जनरल म्यानेजर शरद कुमार मिश्रले बताए ।

विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा आत्याधिक लोकप्रिय ब्रान्ड आइशर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री वितरण गर्दै आइरहेको छ । ग्राहकले १६६०१११५५५, ९८०१५७५१११ मा सम्पक गरि सर्भिस क्याम्पको बारेमा थप जानकारी तथा प्रि–बुकिङ गर्न सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।