कुमारीले देवः लाई ८६ रुपैयाँमा किन्यो, आजै सम्झौता हुने

0
Shares

कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति सम्बन्धि सम्झौतामा बुधबार साँझ राजधानीको एक होटलमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको कुमारी बैंक स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कुमारीले देव विकास बैंकलाई १००ः८६ को श्वाप रेसियोमा एक्वायर गर्ने सहमति बनेको हो । डिडिए गर्ने क्रममा यो स्वापमा केही तलमाथि हुनसक्ने स्रोतले नोटबजारलाई बतायो ।

हाल कुमारी बैंकको चुक्तापूँजी ९ अर्ब ५५ करोड रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहेको देवः विकास बैंकको चुक्ता पूँजी भने ३ अर्ब १७ करोड छ । दुई बैंक गाभिएपछि बन्ने कुमारी बैंकको चुक्ता पूँजी १२ अर्ब २८ करोड पुग्नेछ ।

दोस्रो बजारमा कुमारी बैंकको अन्तिम बिक्री मूल्य प्रतिकित्ता १९६ रुपैयाँ रहेको छ भने देवः विकास बैंकको १५५ रुपैयाँ रहेको छ ।