कृषि विकास बैंकको ओभरड्राफ्ट कार्ड, यस्ता छन् सुविधा

0
Shares

कृषि विकास बैंकले ५७ औं वार्षिकोत्सवको अवसर पारेर ओभरड्राफ्ट क्रेडिट कार्डको शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको वार्षिकोत्सवका दिन उक्त सेवाको उद्घाटन गरेका थिए ।

उक्त सेवा प्राप्त गरेपछि डेविट कार्ड र क्रेडिट कार्ड बोक्नु पर्ने झन्झटबाट मुक्तहुने बैंकले जनाएको छ । कृषि विकास बैंकमा भएको तलबी खातामा रकम मौज्दात सकिएपछि २ लाखसम्म ओभरड्राफ्ट सुविधा प्राप्त गर्नुका साथै यस कार्डको प्रयोग पश्चात एउटै खाताबाट बचतमा व्याज पाइने । यस्तै कर्जाको सावाँ र व्याज तिर्न पाइने, एउटा कार्डको शुल्कले दुईवटा कार्ड (डेविट र क्रेडिट) को सेवा लिन पाइने, खातामा रहेको मौज्दातमा उच्चतम व्याज पाइने, ओभरड्रफ्टका अतिरिक्त मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर कोड लगायत ओभरड्राफ्ट लिमिटको रकम उपयोग गर्न सकिने यस सेवाका विशेषता रहेको बैंकले उल्लेख गरेको छ ।

बैंकले जारी गरेको यो सेवा नवीन रहेको र यस सेवाको उपभोग गरी लाभान्वित हुन बैंकले तमाम ग्राहकहरुलाई आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।