अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती नगर्ने, २३ वर्ष यताकै उच्च

0
Shares

अमेरिकी केन्द्रीय बैंक– फेडरल रिजर्भले ब्याजदर कटौती नगर्ने निर्णय गरेको छ। बैंकका अध्यक्ष जेरोम पावेलले मार्च महिनासम्म बैंकको ब्याजदर घटाउने उद्देश्य नभएको बताएका छन् । यससँगै ब्याजदर ५.२५–५.५ प्रतिशत पुगेको छ जुन २३ वर्ष यताकै उच्च हो ।

केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गरी २ प्रतिशतमा ल्याउने निर्णय गरेको छ । जसकारण बैंकले आक्रामक शैलीमा ब्याजदर बढाइरहेको छ । मुद्रास्फीति नियन्त्रणका लागि फेडले गरेको निर्णयले मुद्रास्फीति नियन्त्रणमा आएको छ ।

सन् २०२२ मा अमेरिकाको मुद्रास्फीति दर दोहोरो अंकमा पुगेको थियो जुन ४० वर्ष यताकै उच्च थियो । मुद्रास्फीति नियन्त्रणका लागि फेडले लिएको निर्णयका कारण सन् २०२३ का अन्त्यमा अमेरिकाको मुद्रास्फीति ३.४ प्रतिशतमा कायम भएको छ।

जनवरी अन्तिममा आयोजना भएको नीतिगत बैठक पछि पत्रकार सम्बोधन गर्दै पावेलले मुद्रास्फीति नियन्त्रणमा आएता पनि लक्षित विन्दुमा नपुगेको र नियन्त्रणमा आइसकेपछि मात्रै ब्याजदर कटौती गर्ने बताए । मार्च महिनामा फेडको अर्को नीतिगत बैठक हुँदै छ । त्यतिन्जेल सम्मका लागि फेडले ब्याजदर कटौती नगर्ने तर अर्थतन्त्रमा सुधार आएकाले मार्चपछि ब्याजदर कटौती गर्न सक्ने संकेत पावेलले दिएका छन्।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।