खराब कर्जा बढेसँगै स्वावलम्बन लघुवित्तको नाफा २४ करोडबाट ४ करोडमा खुम्चियो

0
Shares

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफामा उच्च गिरावट आएको छ । खराब कर्जा बढेपछि लघुवित्त कम्पनीको खुद नाफा १९ करोड ८६ लाख रुपैयाँ अर्थात ८२.७० प्रतिशत घटेको हो ।

सार्वजनिक चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा ४ करोड १५ लाख ६३ हजार रुपैयाँ छ । गत आवको सोही अवधिमा २४ करोड १ लाख ९५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

लघुवित्त कम्पनीको खुद ब्याज आम्दानी घटेको तथा खराब कर्जा उच्च रुपमा बढेकाले त्यस वापतको कर्जा जोखिम नोक्सानी व्यवस्थापन गर्दा सञ्चालन नाफा र खुद नाफा प्रभावित बनेको हो ।

दोस्रो त्रैमाससम्म कम्पनीको खराब कर्जा अनुपात ७.१० प्रतिशतबाट बढेर ११.३६ प्रतिशत पुगेको छ । यसले चालू आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज ९ करोड ३ लाख ४४ हजारबाट चालू आवमा बढेर २९ करोड २५ लाख १ हजार रुपैयाँ पुगेको छ । कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेका कारण खुद नाफा उच्च रुपमा घटेको हो ।

कम्पनीले पुससम्ममा १३ अर्ब ३५ करोड २६ लाख ४७ हजार निक्षेप संकलन गरी १८ अर्ब ३५ करोड ७५ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । वित्तीय विवरण अनुसारपुससम्म कम्पनीको खुद ब्याज आम्दानी ६६ करोड ६६ लाख १९ हजार र सञ्चालन नाफा ५ करोड ९३ लाख ६४ हजार रुपैयाँ रहेको छ । अघिल्लो पुसको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.२३ प्रतिशत र सञ्चालन नाफा ८२.७० प्रतिशतले घटेको हो ।

नाफा घटेसँगै समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी पनि ३१ रुपैयाँ ५० पैसाले घटेको छ । गत आवको पुसमा ३७ रुपैयाँ २३ पैसा रहेको कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी घटेर ५ रुपैयाँ ७३ पैसामा आएको हो । त्यस्तै पुसससम्मा कम्पनीको प्रति सेयर नेटवर्थ २१४ रुपैयाँ ११ पैसा, कस्ट अफ फन्ड ८.८३ प्रतिशत, कमूल्य आम्दानी अनुपात १३१.७० गुणा रहेको छ ।

दोस्रो त्रैमाससम्ममा चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ, जगेडा कोषमा १ अर्ब ५५ करोड ५२ लाख १७ हजार, रिटेन्ड अर्निङमा ७ करोड ६१ लाख ९५ हजार र सेयर प्रिमियममा ८ लाख ६८ हजार रुपैयाँ सञ्चित छ । चुक्ता पुँजी १२.३६ प्रतिशत वृद्धि हुँदा जगेडा कोष १२.३९ प्रतिशतले बढेको छ भने रिटेन्ड अर्निङमा ८६.९३ प्रतिशत घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।