कुमारी बैंकमा नयाँ सञ्चालक समिति, चार नयाँ अनुहार, को होला अध्यक्ष ?


कुमारी बैंकको नयाँ सञ्चालक समिति चयन भएको छ । आइतबार सम्पन्न बैंकको साधारण सभाले ६ जना सञ्चालकहरु निर्वाचित गरेको छ ।

संस्थापकतर्फबाट ३ र सर्वसाधारण समुहबाट ३ गरी ६ जना सञ्चालकहरु साधारण सभाले निर्वाचित गरेको हो ।

साधारण सभाले हालका बैंकका अध्यक्ष अमिर प्रताप राणा, कर्मचारी सञ्चय कोषका तर्फबाट विजय कुमार श्रेष्ठ र पुशपति मुरारकालाई संस्थापकतर्फको सञ्चालकमा निर्वाचित गरेको हो । जसमा श्रेष्ठ र मुरारका नयाँ सञ्चालकका रुपमा बैंकमा भित्रिएका हुन् ।

त्यसैगरी सर्वसाधारणतर्फबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का र सिम्रन अग्रवाल बैंकको सञ्चालक चुनिएका छन् । जसमा पोखरेल पुरानो अनुहार हुन् भने खड्का र अग्रवाल नयाँ अनुहार हुन् ।

साधारण सभाले सञ्चालक नियुक्तगरे पछि बस्ने बैंक सञ्चालक समितिको पहिलो बैठकले बैंकको अध्यक्ष चयन गर्नेछ । अहिलेका अध्यक्ष अमिर प्रताप राणाले नै बैंकको अध्यक्षमा निरन्तरता पाउने देखिएको छ । मंगलबार बैंक सञ्चालक समितिको बैठक बस्दैछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।