नेपालमा ग्यालेक्सी ए१५ फाइभजी स्मार्टफोन सार्वजनिक, २८ देखि ३४ हजारसम्म मूल्य

0
Shares

सामसङले नेपालमा ग्यालेक्सी ए१५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ। यो फोनले सस्तो मूल्यमा नयाँ सुविधाहरूको समायोजन गरेको कम्पनीको दाबी छ।

‘ए१५ फाइभजीको आगमन सामसङको नवप्रवर्तनको अथक प्रयासको प्रमाण हो, जसले आधुनिक प्रयोगकर्ताका आजका मागहरू मात्र पूरा गर्दैन, भविष्यमा आउने आवश्यकताहरू पनि ध्यानमा राख्छ’, कम्पनीले भनेको छ।

यस डिभाइसमा एफएचडीप्लस रेजोल्युसन, ६.५ इन्चको सुपर अमोलेड इन्फिनिटी–यू डिस्प्ले छ भने ९०एचजेटको रिफ्रेस रेट रहेको कम्पनीले उल्लेख गरेको छ।
फोनमा अत्याधुनिक मिडिया टेक डाइमेन्सिटी ६१००प्लस चिपसेट, मल्टिटास्किङ र गेमिङ अनुभवद्वारा सञ्चालित, अद्भुत पर्फमेन्स र द्रुत फाइभजी कनेक्टिभिटीका लागि अक्टा–कोर प्रोसेसर छ।

६/१२८ जीबी, ८/१२८ जीबी र ८/२५६ जीबीसम्मका विकल्पमा फोन उपलब्ध रहेको कम्पनीको भनाइ छ।

ए१५ फाइभजीको क्यामरा फोटोग्राफीको लागि उत्कृष्ट छ। पछाडिको सेटअपमा ५०एमपी वाइड–एंगल क्यामरा, ५एमपी अल्ट्रा–वाइड क्यामेरा र २एमपी म्याक्रो क्यामरा समावेश छ। १३एमपी फ्रन्ट क्यामरा शानदार सेल्फीका लागि उपयुक्त रहेको सामसङले जनाएको छ।

यो फोनमा नवीनतम एन्ड्रोइड १४ मा चल्छ र यसमा सामसङको प्रयोग गर्न सजिलो वान यूआई ६.० छ। यो डिभाइसले ४ वर्षको ओएस अपडेटहरू र ५ वर्षको सुरक्षा अपडेटहरू पनि प्रदान गर्दछ, जसले यो फोनलाई लामो समयसम्मको लागि उपयोगी बनाउँछ र तपाईंको डिभाइसलाई आगामी वर्षहरूमा सुरक्षित र अपटुडेट राख्छ।

डिभाइसको २जीदेखि फाइभजीसम्मको नेटवर्कहरूले व्यापक कनेक्टिभिटीका विकल्पहरू प्रदान गर्ने सुनिश्चित गर्दछ, जसले गर्दा नेपालका प्रयोगकर्ताहरूले छिटो र भरपर्दो इन्टरनेटको आनन्द लिन सक्छन् । यसले हाम्रो जीवन, काम गर्ने र खेल्ने तरिकालाई परिवर्तन गर्नेछ।

६र/२८ जीबीको २७ हजार ९९९ रुपैयाँ, ८/१२८ जीबीको २९ हजार ९९९ मा र ८/२५६ जीबीको ३३ हजार ९९९ रुपैयाँ मूल्य रहेको छ। यो फोन इन्स्टान्ट फाइनान्स सेवाको साथमा सबै अधिकृत सामसङ स्टोरहरूमा सजिलै प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।

यो सेवामा शून्य प्रतिशत ब्याजमा झन्झटमुक्त ईएमआई सेवाहरू र सजिलो प्रोसेसिङद्वारा तपाईंको मनपर्ने डिभाइस एक घण्टा भित्र प्राप्त गर्न सकिनेछ।

विभिन्न रंगहरू कालो निलो, निलो र हल्का निलोमा उपलब्ध यी डिभाइसहरुले वास्तवमै राम्रो काम गर्नुको साथै स्टाइलिश र आरामदायक डिजाइनको साथ हेर्दा पनि आकर्षक देखिन्छ ।

यी उत्पादनहरु नेपालभरिका स्टोरहरुमा यही फागुन ७ गतेदेखि उपलब्ध हुनेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।