यूनाइटेड अजोड इन्स्योरेन्सको लाभांश पारित, ५ संचालक चयन

0
Shares

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कम्पनीले आइतबार मर्जर पछिको पहिलो साधारण सभा गरेको हो ।

सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को साविक अजोड इन्स्योरेन्स लिमिटेड साथै यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०८० साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ। सभाले आर्थिक वर्ष २०८०/८१ का लागी बाह्य लेखापरीक्षक जे।बि। राजभण्डारी एण्ड दिबिन्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ।

सभाले कम्पनीको हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशतले हुन आउने रकम १९ करोड ५४ लाख ३२ हजार र कर प्रयोजनका लागि नगद लाभांश ०.५४०१ प्रतिशतका दरले हुने रकम एक करोड २ लाख ८५ हजार ८९४ रुपैयाँ ७४ पैसा नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय गरेको छ। यसैगरी नियमावलीमा संचालकको संख्या र कार्यकाल र नियुक्ती सम्बन्धमा आवश्यक संशोधन गर्न स्वीकृति प्रदान गरेको छ।

साथै संचालक समितिको सदस्यहरुको निर्वाचन भई संस्थापक शेयरधनीतर्फ अजाद श्रेष्ठ, प्रणव कुमार दास (प्रतिनिधि सिजि फुडस् नेपाल लि. को तर्फबाट) र बलराम खनाल (प्रतिनिधि चौधरी ग्रुप प्रा.लि.को तर्फबाट) निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनीतर्फ पानु दत्त पौडेल र शम्भु अधिकारी निर्विरोध रुपमा निर्वाचित भएका छन् ।

साविकको यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. र साविकको अजोड इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभिए (मर्जर) पश्चात संयुक्त रुपमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट मिति २०८० जेठ १४ गतेबाट एकीकृत कारोबार भएको थियो । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार कायम भएको थियो ।

साविकका दुबै कम्पनीको शाखा, उपशाखा कार्यालयहरुको मिलान तथा कर्मचारीहरुलाई समायोजन गरि प्रधान कार्यालय लगायत ६ वटा प्रादेशिक कार्यालय, ४१ वटा शाखा कार्यालयहरु, ४३ वटा उपशाखा कार्यालयहरु, ५ वटा बीमा काउण्टरहरु र ६ वटा तेश्रो पक्ष बीमा काउण्टरहरुबाट र ३६५ दिन प्रधान कार्यालयबाट कम्पनीले बीमा सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।