जीवन बीमा कोषको आकार ६ खर्ब ३२ करोड नाघ्यो, नेपाल लाइफको मात्रै पौने २ खर्बमाथि

0
Shares

जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ६ खर्ब ३२ अर्ब रुपैयाँ नाघेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तय विवरण अनुसार जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा ६ खर्ब ३२ अर्ब ३० करोड ५१ लाख ९८ हजार रुपैयाँ सञ्चित भएको छ ।

विसं २०८० असार मसान्तसम्म जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा ५ खर्ब ६५ अर्ब १३ करोड ४८ लाख रुपैयाँ सञ्चित थियो । चालु आवको ६ महीना अवधिमा जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ११.८९ प्रतिशत अर्थात ६७ अर्ब १७ करोडले बढेको हो ।

जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नेपाल लाइफको बीमा कोषको आकार सबैभन्दा धेरै छ । कम्पनीले पुस मसान्तसम्ममा कोषमा १ खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ सञ्चित छ । जुन २०८० असार मसान्तको तुलनामा १०.९६ प्रतिशत धेरै हो ।

यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको जीवन बीमा कोषमा १ खर्ब १३ अर्ब ८० करोड रुपैयाँ रहेको छ । गत असारमा १ खर्ब १ करोड ६३ लाख रहेकोमा ११.९७% बढेको हो । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले पनि बीमा कोषको आकार ६.८०% ले वृद्धि गर्दै ७१ अर्ब ४४ करोड २५ लाख रुपैयाँ सञ्चित राखेको छ । कुल जीवन बीमा कोषमा नेपाल लाइफको हिस्सा २९.०५ प्रतिशत बराबर रहेको छ । 

समीक्षा अवधिमा हिमालन लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष ५८ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ पुगेको छ । २०८० असार मसान्तको तुलनामा कम्पनीको कोषको आकार १२.२१% बढेको हो । साथै चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय जीवन बीमा कम्पनीको बीमाकोषको आकार पनि १४.०८% ले बढेको छ । विसं २०८० पुस मसान्तसम्म कम्पनीले कोषको आकार बढाएर ५२ अर्ब ६३ करोड ५५ लाख रुपैयाँ सञ्चित गरेको छ ।

दोस्रो त्रैमाससम्मको सार्वजनिक वित्तीय विवरण अनुसार एशियन लाइफको बीमाकोषको आकार ४० अर्ब ९ करोड ६८ लाख रुपैयाँ पुगेको छ । २०८० असार मसान्तको तुलनामा एशियन लाइफको जीवन बीमा कोषमा ३४ अर्ब ८ करोड ९० लाख रहेकोमा १४.६०% ले बढेको हो । यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्सको कोषको आकार ११.२१% ले बढेर ३० अर्ब ५१ करोड ६९ लाख रुपैयाँ सञ्चित भएको छ । गत असार मसान्तसम्म कम्पनीको कोषमा २७ अर्ब ४४ करोड ७ लाख रुपैयाँ सञ्चित थियो ।

तथ्याङ्क अनुसार २०८० पुस मसान्तसम्ममा मेट लाइफको जीवन बीमा कोषको आकार ६.११ प्रतिशतले बढेर २५ अर्ब ३२ करोड ९५ लाख रुपैयाँ पुगेको छ । २०८० असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा २३ अर्ब ८७ करोड १४ लाख रुपैयाँ सञ्चित थियो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा १२ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ सञ्चित छ । २०८० असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार १० अर्ब ९१ करोड ७६ लाख रुपैयाँ सञ्चित थियो । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १६.३०% वृद्धि भएको हो ।

सिटिजन लाइफको जीवन बीमा कोषमा २०८० पुसमसान्तसम्ममा १२ अर्ब ७ करोड २० लाख जम्मा भएको छ । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १८.३०% वृद्धि भएको हो । २०८० असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब २० करोड ४१ लाख रुपैयाँ सञ्चित थियो ।

यसैगरी समीक्षा अवधिमा रिलायबल नेपालको जीवन बीमा कोषको आकार ३१.४७% ले बढेर ८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ पुगेको छ । २०८० असार मसान्तमा कम्पनीको जीवन बीमा कोषमा ६ अर्ब ४९ करोड ४१ लाख रुपैयाँ सञ्चित थियो ।
पुस मसान्तसम्ममा प्रभु महालक्ष्मीको जीवन बीमा कोषको आकार पनि १६.३३% ले बढेको छ । २०८० पुससम्ममा कम्पनीको जीवन बीमा कोषमा ८ अर्ब ५१ करोड ७४ लाख रुपैयाँ सञ्चित छ । २०८० असार मसान्तसम्ममा कम्पनीको कोषमा ७ अर्ब ३२ करोड १९ लाख रुपैयाँ सञ्चित थियो ।

आइएमई लाइफको जीवन बीमा कोषको आकार ७ अर्ब ९९ करोड ८९ लाख रुपैयाँ रहेको छ । २०८० असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ७ अर्ब २ करोड १९ लाख रुपैयाँ सञ्चित थियो । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १३.९१ % वृद्धि भएको हो ।

सन नेपालको जीवन बीमा कोषको आकार २०८० पुस मसान्तसम्ममा ६ अर्ब ५१ करोड ५४ लाख रुपैयाँ सञ्चित रहेको छ । २०८० असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार ५ अर्ब ६७ करोड ५० लाख रुपैयाँ सञ्चित थियो । कम्पनीको जीवन बीमा कोषको आकार १४.८१% वृद्धि भएको हो ।

Life Insurance Fund (in Thousands)
Name  2080 Poush End 2080 Ashad End Change%
Nepal Life Insurance Co. Ltd 183,654,371.00 165,515,838.00 10.96
Life Insurance Corporation Nepal 113,800,855.00 101,638,202.00 11.97
National Life Insurance Co. Ltd 71,442,581.00 65,784,043.00 8.60
Himalayan Life Insurance Ltd 58,489,814.00 52,123,166.00 12.21
Rastriya Jeewan Beema Company 52,635,576.00 46,137,582.00 14.08
Asian Life Insurance Co. Ltd 40,096,842.00 34,989,018.00 14.60
SuryaJyoti Life Insurance Co. Ltd  30,516,983.00 27,440,735.00 11.21
Met Life 25,329,562.00 23,871,415.00 6.11
Sanima Reliance Life Insurance Ltd 12,696,755.00 10,917,624.00 16.30
Citizens Life Insurance Co. Ltd 12,072,029.00 10,204,161.00 18.30
Reliable Nepal Life Insurance Co. Ltd 8,537,960.00 6,494,132.00 31.47
Prabhu Mahalaxmi Life Insurance Ltd 8,517,469.00 7,321,986.00 16.33
IME Life Insurance Co. Ltd 7,998,983.00 7,021,924.00 13.91
Sun Nepal Life Insurance Co. Ltd 6,515,418.00 5,675,001.00 14.81
Total 632,305,198.00 565,134,827.00 11.89

स्रोतः चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको कम्पनीहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणमा आधारित । २०८० असार मसान्तको विवरण भने परिष्कृत वित्तीय विवरणका आधारमा लिइएको छ ।

बीमा कम्पनीहरुले बीमा ब्यवसाय गर्दा बीमितहरु मार्फत उठाएको बीमाशुल्क, बीमालेख धितोमा कर्जाबाट प्राप्त ब्याजदर, मुद्दती निक्षेपबाट प्राप्त ब्याज, लगानी कर्जा तथा अन्यबाट आय र पुनर्बीमा कमिशन आयबाट मुनाफा सञ्चित गरी सोमध्येबाट बीमा कोषमा केही रकम सञ्चित गरेका हुन्छन् ।

जीवन बीमा कोषले भविष्यमा कम्पनीमा हुनसक्ने जोखिम बहनका लागि सुरक्षा प्रदान गर्दछ । सोही कारण जीवन बीमा कोष महत्वपूर्ण हुन्छ । कुनै कम्पनीको बीमा कोष जति धेरै मजबुत हुन्छ त्यो कम्पनी विभिन्न कालखण्डमा आइपर्ने जोखिम बहनका लागि त्यति नै बलियो हुने गर्दछ ।
कम्पनीहरुले अनिवार्य रुपमा जीवन बीमा कोषमा रकम छुट्याएर राखेको हुन्छ ।

कसको वृद्धि कति ?

सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बीमाकोषको आकार सबैभन्दा धेरै वृद्धि गर्दा मेट लाइफको सबैभन्दा थोरै बढेको छ । जुन यस प्रकार रहेका छन् ।

  • रिलायबल नेपाल लाइफः ३१.४७%
  • सिटिजन लाइफः १८.३० %
  • प्रभु महालक्ष्मी लाइफः १६.३३%
  • सानिमा रिलायन्स लाइफः १६.३०%
  • सन नेपाल लाइफः १४.८१%
  • एशियन लाइफः १४.६०%
  • राष्ट्रिय जीवन बीमा कम्पनीः १४.०८%
  • आइएमई लाइफः १३.९१%
  • हिमालयन लाइफः १२.२१%
  • एलआइसी नेपालः ११.९७%
  • सूर्यज्योति लाइफः ११.२१%
  • नेपाल लाइफः १०.९६%
  • नेशनल लाइफः ८.६०%
  • मेट लाइफः ६.११ %

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।