वित्तीय सेवालाई डिजिटल बनाउन एनसीएचएल र वानपोइन्टबीच सहकार्य

0
Shares

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र वानपोइन्ट फाइनान्सियल सर्विसेज प्राइभेट लिमिटेड (वानप्वाइंट) ले नेपालमा बैंकिङ, फाइनान्स र बीमा सेवालाई डिजिटल बनाउन सहकार्य गरेका छन् ।

बुधबार एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र वानपोइन्टका प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

एनसीएचएलले बैंक, फाइनान्स तथा बीमा कम्पनीहरुको भुक्तानी प्रणाली विकास गर्नुका साथै बैंकिङ प्रणाली र च्यानलहरु प्रदान गर्दै आएको छ । यस्तै वानपोइन्ट फाइनान्सीयल सर्भिसेसले बैंक, फाइनान्स तथा बीमा संस्थाका लागि एप्लीकेसन प्रोग्रामिङ इन्टरफेस म्यानेजमेन्ट सोलुसन (एपिआइएमएस) को विकास गर्दै आएको छ ।

एनसीएचएल र वानपोइन्ट बीचको सहकार्यले नयाँ डिजिटल सेवाको विकास गरी बैंक, फाइनान्स तथा बीमा सेवालाई छिटो छरितो बनाउन र क्रस–बोर्डर भुक्तानी सहज बनाउन सहयोग पुग्ने आशा गरिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।