माथिल्लो मैलुङ खोलाका महा–प्रबन्धक कांगडा प्रसाईको राजीनामा स्वीकृत

0
Shares

माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडका महा–प्रबन्धक कांगडा प्रसाईको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीको फागुन १३ गते बसेको सञ्चालक समितिको बैठकले प्रसाईको राजीनामा स्वीकृत गरेको हो । प्रसाईको राजीनामा फागुन १३ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको कम्पनी सचिव ऋषिराज गौतमले जानकारी दिए ।

यस्तै कम्पनीले नयाँ महा–प्रबन्धक नियुक्ती नभएसम्मका लागि कम्पनीको दैनिक कार्य सञ्चालनका लागि सञ्चालक समितिको तर्फबाट अजयलाई जिम्मेवारी दिइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।