‘अनर एक्स ८ बी’ को प्रि–बुकिङ खुला, २८ फेब्रुअरीसम्म गर्न सकिने

0
Shares

नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले स्मार्टफोन ‘अनर एक्स ८ बी’ को प्रि–बुकिङ खुला गरेको छ । कम्पनीका अनुसार प्रिबुकिङ २६ फेब्रुअरी आइतबारदेखि २८ फेब्रुअरीसम्म गर्न सकिनेछ ।

तीन ओटा भेरियन्टमा उपलब्ध रहेको अनर एक्स ८ बी (१६–५१२ जीबी) को मूल्य २९ हजार ९९९ रूपैयाँ छ । प्रि–बुकिङमा मोबाइल खरिद गर्ने ग्राहकहरूले ५ हजार ४९० रूपैयाँ मूल्य रहेको अनर च्वाइस इयरबर्ड एक्स५ई २ हजार रूपैयाँमा प्राप्त गर्न सक्नेछन् । अनर एक्स ८ बी अफलाइन र अनलाइन प्लेटफर्महरू मार्फत प्रिबुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । खरिदकर्ताले यस स्माट्फोनलाई अनलाइनमा राज र हुकुटबाट तथा अधिकृत रिटेल स्टोरहरूबाट प्रिबुकिङ्ग गर्न सक्नेछन् ।

स्टोरेज क्षमता ५१२ जीबी भएको अनर एक्स ८ बीलाई कम्पनीले ‘कम्प्युटर लेभल स्टोरेज’ ट्यागलाइन दिएको छ । कम्पनीका अनुसार अनर एक्स८बीमा (१६–५१२) जीबी भेरियन्ट रहेको छ । जहाँ १६ जीबीमा ८ जीबी आन्तरिक र ८ जीबी अनर र्यानम टर्बो समावेश छ । यो मूल्य रेन्जमा विशाल कम्प्युटर स्तरको स्टोरेज क्षमता प्रदान गर्ने पहिलो स्मार्टफोनहरु मध्ये एक हुने दाबी कम्पनीको छ । अनर एक्स८बीले एन्ड्रोइड १३ र क्वालकम स्न्यापड्र्यागन ६८० मा आधारित नवीनतम म्याजिक ओएस ७।२ चलाउँछ । अन्य सबै अनर स्मार्टफोनहरू जस्तै, अनर एक्स८बीले पनि गुगललाई समर्थन गर्दछ र यसको ५१२ जीबी कम्प्युटरस्तरको स्टोरेज क्षमताले ग्राहकलाई स्टोरेज बारेमा कुनै चिन्ता नहुने र पर्फर्मेन्स पनि सहज बनाउने छ ।

अनर एक्स८बीमा १०८ मेगापिक्सल मेन क्यामेरा, वाइड र डेप्थ क्यामेरा र २ मेगापिक्सल म्याक्रो क्यामेरा समावेश भएको ट्रिपल क्यामेरा प्रणाली रहेको छ । जसले प्रयोगकर्ताहरूलाई उल्लेखनीय विवरणका साथ उत्कृष्ट तस्वीर तथा भिडियोहरू खिच्न सकिन्छ । सेल्फीका लागि अनर एक्स८बीमा एक बलियो ५० मेगापिक्सल सेल्फी क्यामेरा रहेको छ, जसले प्रयोगकर्ताहरूको सेल्फपोट्र्रेट फोटोग्राफीलाई अगाडि स्पटलाइट टेक्नोलोजी र एक अटो स्विच फिल्ड अफ भ्यू को साथ उत्कृष्ट बनाउन डिजाइन गरिएको छ ।

अनर एक्स८बीमा अत्याधुनिक ६.७ इन्चको आँखा कम्फर्ट ब्राइट एमोलेड डिस्प्ले रहेको छ । यसले १२०० निट्सको एचबीएम ब्राइटनेस र २००० निट्सको पीक ब्राइटनेस सहित उत्कृष्ट दृश्य अनुभव प्रदान गर्ने गर्दछ । यसबाहेक, डिस्प्लेमा ९० हट्र्ज रिफ्रेस रेट र ३२४० हट्र्ज पीडब्लुएम डिमिङ सुविधा छ जसले प्रयोगकर्ताहरूलाई आँखाको तनावबाट जोगाउँछ, जसले यसलाई आफ्नो स्मार्टफोनमा लामो समय बिताउने डिजिटल जानकारी प्रयोगकर्ताहरूको लागि उपयोगी बनाएको छ । ६.७८ एमएम मापनको अल्ट्रा(स्लिम प्रोफाइलका साथ्, अनर एक्स८बी बजारमा सबैभन्दा पातलो किफायती स्मार्टफोनहरू मध्ये एकको रूपमा रहनेछ, जसले प्रयोगकर्तालाई सजिलैसँग आफ्नो खल्तीमा राख्न पनि सजिलो बनाउँछ । यसको स्लिम आयाम र आधुनिक डिजाइनको साथ, अनर एक्स८बीले सहज पोर्टेबिलिटी पनि प्रदान गर्नेछ ।

अनर एक्स८बी मा ४५०० एमएएच ब्याट्रीले भरिएको छ, जसले यन्त्रलाई लामो समयसम्म पावर गर्न सक्छ । एक सहज र निर्वाध प्रयोगकर्ता अनुभव सिर्जना गर्दछ । एकल चार्ज साइकलको साथ, अनर एक्स८बीले ४६ घण्टासम्म म्युजिक स्ट्रिमिङ, १३ घन्टा भिडियो प्लेब्याक, १४ घण्टा छोटो भिडियो क्लिप ब्राउजिङ वा १७ घण्टा सामाजिक सञ्जाल ब्राउजिङ प्रदान गर्दछ । जसले यसलाई निरन्तर प्रयोग गर्ने प्रयोगकर्ताहरूका लागि उपयोगी हुनेछ । यसको ३५डब्ल्यू वायर्ड अनर सुपरचार्ज टेक्नोलोजी पाउन सकिन्छ जसले गर्दा अनर एक्स८बीले छिटो-चार्जिङ अनुभव प्रदान गर्दछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।