सिटिजन्स बैंकद्धारा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नागा्रहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुबिधाहरु पस्कने क्रममा फोनपे नेटवर्क सँगको सहकार्यमा क्रसवोर्डर व्यवसायिक भुक्तानी सेवा सुरुवात गरेको छ ।

यस सेवाअन्तर्गत पहिलो चरणमा सिटिजन्स बैंक मार्फत क्यू.आर. भुक्तानी सेवा लिएका व्यवसायहरुमा कारोवार गर्दा भारतीय एपमार्फत भुक्तनी गर्न सकिने छ ।

हाललाई यस्तो सेवा भारतीय एपभिम र फोनपे एपमार्फत नेपाल स्थित सिटिजन्स बैंककाफोनपेक्यू.आर. मार्फत गर्न सकिने भएता पनि भविष्यमा बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत भारतमा समेत कारेवार गर्न मिल्ने व्यवस्था गर्न लागिएको छ ।

यसका साथै सिटिजन्स बैंककै मोबाइल बैकिंङ्गप्रयोग गरि भारतमा र भारतबाट सिटिजन्स बैंककाखातामा समेत रकमान्तर गर्न मिल्ने गरि कार्य भइरहेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख २६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।