पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको नेतृत्वमा शर्मा

0
Shares

नेपाल पुस्तक तथा स्टेशनरी व्यबसायी महासंघको अध्यक्षमा शिब सागर शर्मा निर्वाचित भएका छन् । शनिबार राजधानीमा आयोजित ७ औं महाधिवेशनमा भएको निर्वाचनमा शर्माले ३२३ मत ल्याएर विजयी भएका हुन् ।

यसैगरी शनिबार विभिन्न पदहरुमा सम्पन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, बुद्घि प्रसाद अधिकारी र सरोज मास्के निर्वाचित भएका छन् ।

यस्तै महासचिवमा बिष्णु प्रसाद पौडेल, उप–महासचिवमा अर्जुन कुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शंभु लामिछाने, महिला सचिवमा कोपिला गिरी तथा सह कोषाध्यक्षमा रबिन बराल निर्वाचित भएका छन् ।

राजधानीमा दुइ दिन सम्म चलेको महाधिबेशनले लेखा समिती संयोजकमा कृष्णराम कार्कीलाई निर्वाचित गर्दै ३८ जनाको कार्यसमिती चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा महासंघको गरिमालाइ बढाउँदै व्यवशायीका समस्या समाधानमा प्रयास रहने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० फाल्गुन २०८०, आइतबार  १२ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।