नेपाल हाइड्रो डेभलपरको सीईओमा ढुङ्गना

0
Shares

नेपाल हाइड्रो डेभलपर लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शेष कुमार ढुङ्गना नियुक्त भएका छन् ।

कम्पनीले फागुन १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार ढुङ्गनालाई आगामी तीन वर्षको लागि पुनः सीईओ पदनमा नियुक्त गर्ने निर्णय गरिएको हो ।  ढुङ्गनाको दोस्रो कार्यकाल फागुन २० गते आइतबारदेखि सुरु भैसकेको कम्पनीका अध्यक्ष कुमुद कुमार दुगडले जानकारी दिए ।

यसअघि २०७७ फागुन २० गते बसेको सञ्चालक समितिको बैठकबाट ढुंगाना नेपाल हाइड्रो डेभलपर लिमिटेडमा पहिलो पटक प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । कम्पनीमा जलविद्युत् प्रवर्द्धक ज्ञानेन्द्रलाल प्रधानको समेत लगानी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।