पानासोनिकले नेपाली बजारमा ल्यायो नयाँ मोडलको वासिङ मेसिन र एयर कन्डिसनर


जापानीज ब्रान्ड पानासोनिकले नेपाली बजारमा नयाँ मोडलको वासिङ मेसिन र एयर कन्डिसनरहरू ल्याएको छ।

कम्पनीले एक समारोहका बीच उक्त समग्रीको बिक्री–वितरण सुरू गरेको बताएको छ। उक्त कार्यक्रमको उद्घाटन पानासोनिक नेपालका प्रबन्ध निर्देशक शैलेश संघाइ र विशेष अतिथि पानासोनिक लाइफ सोलुसन इंडियाका भूपेन्द्र भारद्वाजले संयुक्त रूपमा गरे।

सो अवसरमा प्रबन्ध निर्देशक संघाइले घरायसी सामग्रीको उत्पादनमा १०० वर्षभन्दा बढी अनुभव रहेको पानासोनिक ब्रान्डले उत्पादन गरेका सामग्रीहरू विश्वसनीय भएको कारण आम नेपाली उपभोक्ताले लामो समयदेखि आफ्नो घरायसी जीवनशैली सहज बनाउन पानासोनिक ब्रान्डका सामग्रीहरू उपभोग गर्दै आएको बताए।

कार्यक्रममा पानासोनिक लाइफ सोलुसन इंडियाका भूपेन्द्र भारद्वाजले भविष्यलाई लक्षित गरी आफ्ना उत्पादनहरूलाई बजारमा ल्याउने भएकाले नयाँ पुस्ताहरूले पानासोनिकका उत्पादनहरूलाई अझ रुचाउने प्रति कुनै दुई मत नभएको बताए।

पानासोनिकले बिक्री सुरू गरेको वासिङ मसिनमा आठ र नौ केजी क्षमता रहेको, कपडाहरू पनि सरल रूपमा धुन सक्ने एक्टिभ फोम सिस्टम तथा छिटो लुगा धुने र सोही क्रममा अरु थप लुगाहरू मेसिनमा हाल्न सकिने जस्ता विशेषताहरू रहेका छन्।

सोही कम्पनीले बजारमा ल्याएको २ टनको क्यासेट एयर कन्डिसनर र १.५ र २ टन रुम एयर कन्डिसनरमा मोबाइल एपद्वारा नियन्त्रण, भ्वाइस नियन्त्रण तथा स्वास्थ्य हावाका लागि निनोइ एक्स उपकारण जडान गरिएको छ।

कार्यक्रममा पानासोनिक नेपालका उप–बिक्री प्रबन्धक रुपेश राम त्रिपाठीले पानासोनिकका उत्पादनहरू लामो समय वारेन्टी अवधि, सहज मर्मत, कम बिजुली खपत जस्ता सुविधाका कारण उपभोक्ताले रुचाउनेमा विश्वस्त रहेको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।