धितोपत्र बोर्डद्धारा सबा दुई अर्बको ऋणपत्र स्वीकृत

0
Shares

नेपाल धितोपत्र बोर्डले नबिल बैंक र आईसिएफसि फाइनान्सलाई दुई अर्ब २० करोड रुपैयाँ बराबरकोे ऋणपत्र जारी गर्न अनुमति प्रदान गरेको छ।
नबिल बैंकलाई २ अर्ब र आईसिएफसि फाइनान्सलाई २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बोर्डले माघ ६ गते सोमबार स्वीकृति दिएको हो। दुबैले सात वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेका हुन्।

नबिल बैंकको ऋणपत्रमा लगानीकर्ताले वार्षिक दश प्रतिशत र आईसिएफसिले वार्षिक १२ प्रतिशत व्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्न सक्नेछन्।

वाणिज्य बैंकहरुले लगानीकर्तालाई मुद्दती निक्षेमा अधिकतम १० प्रतिशतभन्दा कम ब्याजदर दिइरहेको अवस्थामा छ।
नबिल बैंकले लक्ष्मी क्यापिटल मार्केट र फाइनान्सले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकेका छन्।

बैंकको ऋणपत्रलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपि एल डवल ए माइनस’ प्रदान गरेको छ । यो इक्राले प्रदान गर्ने दोस्रो राम्रो रेटिङ हो। यसैगरि फाइनान्सको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले मध्यम सुरक्षा जनाउने केयर एनपी बीबीबी (ट्रिपल बी माइनस) रेटिङ्ग प्रदान गरेको छ ।

ऋणपत्र निष्काशन गर्ने हरेक कम्पनीले सार्वजनिक निष्काशन अगाडि ऋणपत्रको अनिवार्य रेटिङ गर्नुपर्छ। रेटिङ गर्ने क्रममा एजेन्सीले बैंकको प्रस्तुति, बैंकिङ क्षेत्रमै बैंकको अवस्था, नाफा, बैंकले दिएको लाभांस, बैंकले प्रवाह गरेको ऋणको जोखिम लगायतका क्षेत्रमा अध्ययन गरेर सो अनुसारको गे्रडिङ्ग प्रदान गरिने गरिन्छ।