बीमा कम्पनीहरुले चार क्षेत्रमा लगानी गर्न प्राधिकरणबाट स्वीकृती लिनुपर्ने

0
Shares

बीमा कम्पनीहरुले विभिन्न चार क्षेत्रमा लगानी गर्नुपूर्व नियामक निकाय नेपाल बीमा प्राधिकरणको स्वीकृति लिनुपर्ने भएको छ ।

प्राधिकरणका अनुसार पर्यटन तथा वायुसेवा क्षेत्र तथा शिक्षा र स्वास्थ्य क्षेत्र, कृषि क्षेत्र, केबलकार र घरजग्गा व्यवसायमा लगानी गर्न लगानी स्वीकृतीका लागि थप विवरण पेश गर्न निर्देशन दिएको हो । यी चार क्षेत्रमा लगानी गनुपूर्व सम्बन्धित कम्पनीले आवश्यक कागजात सहित प्राधिकरणको स्वीकृती लिएर मात्र लगानी गर्न कम्पनीहरुलाई निर्देशन दिइएको हो ।

पहिलो क्षेत्र पर्यटन तथा वायुसेवा र शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीका लागि बीमकहरुले पहिले नै सञ्चालनमा रहेको संस्थामा लगानी गरेको खण्डमा ड्यू डेलिजेन्स गरी सो को प्रतिवेदन पेश गर्नुपर्ने तथा आफैँले संस्थापन गरेको खण्डमा सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्नुपर्ने छ । यस्तै कृषि क्षेज्ञमा लगानीका लागि ड्यू डेलिजेन्स प्रतिवेदन पेश गर्नुपर्ने, केबलकारमा लगानीका लागि कम्तिमा दश वर्षको व्यवसायिक परियोजना पेश गर्नुपर्ने र घरजग्गा व्यवसाय क्षेत्रमा लगानीका लागि सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गरी प्राधिकरणबाट स्वीकृती लिनुपर्ने भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा प्राधिकरणले बीमकको लगानी निर्देशन १.१० बमोजिम लगानी गर्ने क्षेत्रमा लगानी गर्नुपुर्व विभिन्न विवरण पेश गर्न भनेको बताए । उल्लेखित विवरण जीवन, निर्जीवन, पूनर्बीमक र लघुबीमक सबै बीमा कम्पनीहरुले पेश गर्नुपर्ने पौडलेको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।