हिमालयन बैंकका दुई शाखा स्थानान्तरण

0
Shares

हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये गोंगबु शाखालाई स्थानान्तरण गरी हात्तीगौंडा, बुढानीलकण्ठ न.पा. वडा नं. ८ काठमाडौंबाट विभिन्न बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

फाल्गुण २७ गते बैंकको उक्त शाखाको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य कर्मचारीहरुको उपिस्थतिमा गरेका हुन् ।

यसै गरी बैंकको कावासोती शाखा–२ लाई पनि गोछडा, वडा नं. १७ नवलपुरमा स्थानान्तरण गरी २०८० साल फाल्गुण २७ गत देखि सेवा सुचारु गरेकोे छ ।

हाल बैंकले नेपालभरि फैलिएका १७४ कूल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटिएम ६ हजार ५०० भन्दा बढी पिओएस र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।