पाँच लघुवित्तको सेयर मूल्य १०% ले बढ्यो, यी कम्पनीका लगानीकर्ता भए मालामाल

0
Shares

फागुन २९ गते मंगलबारको बजारमा नेप्सेमा ५८.५८ अंकको वृद्धि हुँदा पाँच लघुवित्तको सेयर मूल्य दश प्रतिशतका दरले बढेको छ । यससँगै ती लघुवित्तको सेयर धारण गर्ने लगानीकर्ता मालामाल भएका छन् ।

मंगलबारको कारोबारमा जनउत्थान सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, विन नेपाल लघुवित्त, स्वाभिमान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यससँगै यी कम्पनीको प्रतिकित्ता सेयर मूल्य क्रमशः ९९५.५० रुपैयाँ, १४५०.९० रुपैयाँ, ९५५.९० रुपैयाँ, १०१७.५० रुपैयाँ र १२६३.२० रुपैयाँ पुगेको छ ।

यस्तै सपोर्ट माइक्रोफाइनान्सको ८.९५, नाडेप लघुवित्तको ८.०७, अभियान लघुवित्तको ८.०१, ग्लोबल आइएमई लघुवित्तको ७.६८, एनएमबि लघुवित्त ७.६२ प्रतिशत र नेशनल लघुवित्तको सेयर मूल्य ७.५६ प्रतिशतले बढको छ ।

लगानीकर्ताको मनोबल बढेपछि नेप्से २१ सय बिन्दुमाथि उक्लियो

अधिकांश लघुवित्त कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएसँगै समग्र लघुवित्तको प्रतिविम्ब झल्काउने लघुवित्तको ५.०५ प्रतिशतले बढेर ३९२७.४२ बिन्दुमा पुगेको छ ।

उता आजको बजारबाट हिमालयन ८०–२० का लगानीकर्ताले सर्वाधिक २.५७ प्रतिशतले गुमाएका छन् । यस्तै मोलुङ्ग हाइड्रोपावर २.५३, न्यादी हाइड्रोपावर २.४२, हाथवे इन्भेष्टमेन्टको २.३५ र चिरख्वा हाइड्रोपावरको सेयर मूल्य २.३४ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका ३०९ मध्ये २६५ कम्पनीको मूल्य बढेको छ भने ३४ ओटाको मात्रै घटेको छ । यस्तै मंगलबार ६ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन अर्थात यथावत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।