सान्जेन जलविद्युतको तेह्रौं वार्षिक साधारण सभा स्थगन

0
Shares

सान्जेन जलविद्युत कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा स्थगन भएको छ ।

कम्पनीले चैत्र ५ गते आह्वान गरेको सभा विशेष परिस्थितिका कारण साधारण सभा सञ्चालन गर्न नसकिने अवस्था सृजना भएकोले हाललाई उक्त साधारण सभा स्थगन गरिएको कम्पनीले जनाएको छ । साथै उक्त साधारण सभा उपयुक्त समयमा नियमानुसार सम्पन्न गरिने कम्पनीले जनाएको छ ।

सञ्चालक समितिको फगाुन २९ गते बेलुका साढे ५ बजे बसेको २८० औं बैठकको निर्णय अनुसार सभा स्थगन गरिएको कम्पनी सचिव घनश्याम श्रेष्ठले जानकारी दिए ।

गत आवबाट लाभांश प्रस्ताव नगरेको कम्पनीले चैत्र ५ गते सोमबार दिनको ११ बजे कुण्डलिनि व्यांक्वेट, चण्डोल, काठमाण्डौंमा सभा बोलाएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।