एभरेस्ट बैंक र नेपाल क्लियरिङ हाउसले क्रस बोर्डर डिजिटल भुक्तानी सुविधाको लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।
यो प्रयासले नेपाल र भारतबिच यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकहरू लगायतका विभिन्न व्यक्तिहरूका लागि डिजिटल कारोबारलाई सुव्यवस्थित गर्ने दुबै कम्पनीको विश्वास छ ।
उक्त समझदारी पत्रमा एभरेस्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानको सहभागिता रहेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया