लघुवित्तको सेयरमूल्य उचालिएको सातामा कुन स्क्रिप्टका लगानीकर्ताले कमाए–कसले गुमाए ?

0
Shares

यो साता समूहगत उतारचढावका आधारमा तेह्र उपसमुहगत सूचकमध्ये हाइड्रोपावर बाहेक सबै बढेको छ । यो साता माइक्रोफाइनान्स इन्डेक्स सर्वाधिक बढेको छ र गत साता ३५८७ अंकमा बन्द भएको यसको इन्डेक्स यो साता ७.६६ प्रतिशतले बढेर ३८६२ अंकमा कायम भएको हो ।

लघुवित्तबाट ऋण लिएकाहरुले संघर्ष समिति बनाएर आन्दोलनमा रहँदा कर्जा नउठ्दा खराब कर्जा बढेको थियो भने अर्कोतिर नाफा घटेको थियो । २० लाखसम्मको ऋण मिनाहा हुनुपर्नेजस्ता माग तेस्र्याएर संघर्ष समितिले राजधानीमा आन्दोलन गर्न थाल्दा यो क्षेत्रमा लगानी गर्न लगानीकर्ता सशंकित रहँदै आएका थिए । मिटरब्याज पीडितसँग सरकारको वार्ता सहमतिमा पुगेसँगै लघुवित्तमा आकर्षण बढेको हो । सेयर मूल्य बढेकादशमध्ये आठ लघुवित्त छन् ।

यसैगरी दोस्रो ठूलो फाइनान्स १८१९ बाट ५ प्रतिशतले बढेर १९१० अंकमा पुगेको छ भने गत साता १००५८ अंकमा रहेकोमा जीवन बीमाको इन्डेक्स यस साता ४.७६ प्रतिशतले बढेर १०५३७ अंकमा कायम भएको छ । होटल तथा पर्यटनमुलक गत साता ५१५३ अंकमा रहेकोमा ३ प्रतिशतले बढेर ५३०८ अंकमा पुगेको छ । होटल तथा पर्यटनमुलक ५१५३ अंकबाट २.९८ प्रतिशतले बढेर ५३०७ अंकमा पुगेको छ । गत साता बैंकिङ १०८८ अंकमा रहेको २.५७ प्रतिशतले बढेर १११६ अंकमा पुगेको छ ।

यस्तै विकास बैंक ३९३२ बाट २.२६ प्रतिशतले बढेर ४०२१ तथा हाइड्रोपावर २५७० बाट ०.८५ प्रतिशतले घटेर २५४८ अंकमा झरेको छ । निर्जीवन बीमाको इन्डेक्स १०५९३ बाट २.१८ प्रतिशतले बढेर १०८२४ अंकमा पुगेको छ । उत्पादन तथा प्रशोधनमुलक गत साता ६८३९ अंकमा बन्द भएकोमा यो सातामा २.०४ प्रतिशतले बढेर ६९७९ अंकमा पुगेको छ । व्यापार पनि यो साता २८०४ बाट १.७४ प्रतिशतले बढेर २८५३ अंकमा पुगेको छ । यो साता लगानी ७६.९९ अंकबाट १.७० प्रतिशतले बढेर ७८.३० बिन्दुमा पुगेको छ । अन्यको इन्डेक्स पनि १७२२ बाट १.४५ प्रतिशतले बढेर १७४७ अंक माथि पुगेको छ ।

वीन नेपाल लघुवित्तका लगानीकर्ताले कमाए सर्वाधिक

यस साताको बजारबाट वीन नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । लघुवित्तको मूल्य ४६.३९ प्रतिशत अर्थात ३६६.५० रुपैयाँले बढेर ११५६.५० रुपैयाँ पुगेको छ । यस्तै उन्नति सहकार्य लघुवित्तको सेयर ४१५ रुपैयाँले अर्थात ३३.९६ प्रतिशतले बढेर १६३७ रुपैयाँमा पुगेको छ ।

यो साता गुराँस लघुवित्तको सेयर २८.६३ प्रतिशत, समाज लघुवितको सेयर २६.२३ प्रतिशत र मानुषी लघुवित्तको २०.९५ प्रतिशतले बढेको छ । यससँगै गुराँसको मूल्य प्रतिकित्ता २७२.४० रुपैयाँले बढेर १२२४ रुपैयाँ, समाजको प्रतिकित्ता ४३६ रुपैयाँले बढेर २०९८ रुपैयाँ र मानुषीको प्रतिकित्ता १५१.५० रुपैयाँले बढेर ८७४.५० रुपैयाँ पुगेको छ ।

जाल्पा लघुवित्तको सेयरको भाउ पनि यो साता १९.७३ प्रतिशत अर्थात २०६ रुपैयाँले बढेर प्रतिकित्ता १२५० रुपैयाँ पुगेको छ भने सपोर्ट माइक्रोफाइनान्सको १८.५४ प्रतिशत अर्थात प्रतिकित्ता १७९.१० रुपैयाँले बढेर ११४५ रुपैयाँ पुगेको छ । जनउत्थान लघुवित्तको १७.११ प्रतिशत र आत्मनिर्भर लघुवित्तको १५.८६ प्रतिशतले सेयर मूल्य बढेको छ । जनउत्थानको सेयर प्रतिकित्ता १४९ रुपैयाँले बढेर १०२० रुपैयाँ र जनउत्थानको प्रतिकित्ता २९६.२० रुपैयाँले बढेर २१६३.४० रुपैयाँ पुगेको छ । यो साता धौलागिरी लघुवित्तको सेयर मूल्य १५.६५ प्रतिशत अर्थात प्रतिकित्ता १३४ रुपैयाँले बढेर ९९० रुपैयाँ पुगेको छ ।

चिरख्वा हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक गुमाए

उता यस साताको बजारबाट चिरख्वा हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य १०.१५ प्रतिशतले घटेर ६११ रुपैयाँमा झरेको छ ।

यसैगरी माथिल्लो तामाकोशीको सेयर मूल्य ९.१४ प्रतिशतले घटेर १८७ रुपैयाँमा झरेको छ भने मोलुङ हाइड्रोपावरको सेयर मूल्य ७.९४ प्रतिशतले घटेर ४५१.१० रुपैयाँमा आएको छ । यो साताको बजारमा पिपुल्स हाइड्रोपावरको लगानीकर्ताले पनि७.८९ प्रतिशतले गुमाएका छन् । कम्पनीको सेयर मूल्य घटेर ३२२.२० रुपैयाँमा झरेको छ ।

यस्तै माउन्टेन इनर्जी नेपाल लिमिटेडको सेयर मूल्य ७.८७ प्रतिशतले घटेर ५७४ रुपैयाँमा झर्दा जोशी हाइड्रोपावरको लगानीकर्ताले ६.८९ प्रतिशतले गुमाएका छन् । जोशीको प्रतिकित्ता सेयर मूल्य ३३८ रुपैयाँमा झरेको छ । यस्तै बलेफी हाइड्रोपावरको सेयर मूल्य ६.३२ प्रतिशतले घटेर ३४१ रुपैयाँमा र तेहथुम पावरको सेयर मूल्य ५.२३ प्रतिशतले घटेर ५२५ रुपैयाँमा झरेको छ ।

यो साता बाराही हाइड्रोपावरको सेयर मूल्य ४.७७ प्रतिशतले घटेको छ । यससँगै कम्पनीको सेयरको भाउ प्रतिकित्ता ४७५.१० रुपैयाँमा झरेको छ । न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि ४.२९ प्रतिशतले घटेर २९७ रुपैयाँमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।