नेप्से घटेपनि लघुवित्तको सेयरमा बढ्यो आकर्षण

0
Shares

बुधबार नेप्से सामान्य अंकले घटेर बन्द भएको छ । घटेको बजारमा लघुवित्तको सेयरमा आकर्षण बढेको छ। सरकारले लघुवित्त संघर्ष समितिसँग वार्ता गरेपछि पछिल्ला दिनमा लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो देखिएको हो ।

आकर्षण बढेसँगै यो चार दिनमा लघुवित्तको इन्डेक्स २३१.४९ अंक अर्थात ६.०४ प्रतिशतले बढेर ४०६३.९१ बिन्दुमा पुगेको छ । गत बिहीबार लघुवित्तको इन्डेक्स ३८३२.४२ बिन्दुमा रहेको थियो ।

आज नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ बिन्दुमा झरेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.३६ अंक, फ्लोट इण्डेक्स ०.२० अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०८ अंक बढेको छ।

बुधबार ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता सेयर ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँमा खरिद बिक्री भएको छ । मंगलबारको तुलनामा कारोबार रकम भने १३ करोड ७६ लाख रुपैयाँले घटेको हो । मंगलबार नेप्से ६.२४ अंकले घटेर २०६७.२९ बिन्दुमा बन्द हुँदा ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

कारोबारमा आएका १३ मध्ये ३ उपसमूहगत सूचक बढेको छ भने १० ओटा घटेको छ । लघुवित्त सर्वाधिक २.५१ प्रतिशतले बढेको छ भने म्युचुअल फन्ड र ब्यापार इन्डेक्स पनि सामान्य बढेको छ । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.४५ प्रतिशतले घटेको छ भने बाँकी एक प्रतिशतभन्दा कम घटेका छन् ।

यस दिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्सलाई उछिन्दै सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा छ। कम्पनीको १९ करोड ५२ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै शिवम् सिमेन्ट्सको १७ करोड ६० लाख, गोर्खाज फाइनान्सको ११ करोड ९१ लाख, हिमालयन रि इन्स्योरेन्स ७ करोड ४० लाख र फस्ट माइक्रोफाइनान्सको ७ करोड २७ लाख रुपैयाँको सेकयर किनबेच भएको छ ।

बजार घटेपनि चार ककम्पनीके सेयर मूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । यसदिन गोर्खाज फाइनान्स, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी, सर्वोत्तम सिमेन्ट र गुराँस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै धौलागिरी लघुवित्रको ९.२८ प्रतिशत, गणपति लघुवित्तको ८.१४, एनएमबि माइक्रोफाइनान्स ७.६१ र आरसम्भ चौतारी लघुवित्तको सेयर मूल्य ७.४४ प्रतिशतले बढेको छ ।

उता बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा ९ प्रतिशत धेरैले घटेको छ । कम्पनीको सेयर मूल्य ९.३२ प्रतिशत अर्थात १८८५ रुपैयाँ ७० पैसाले घटेर १८ हजार ३५० मा झरेको छ । यस्तै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ को इकाईमूल्य ८.०८,भगवति हाइड्रोपावरको ७.६७, रिलायन्स फाइनान्स ३.७१ र नेपाल फाइनान्स ३.५४ प्रतिशतले घटेको छ ।

बुधबार कुल बजार पुँजीकरण ३२ खर्ब ७२ अर्ब ६४ करोड ३१ लाख रुपैयाँमा सेमटिएको छ । हिजो मंगलबार कुल बजार पुँजीकरण ३२ खर्ब ४९ अर्ब ५० करोड ३६ लाख रुपैयाँ थियो । बजार घटेपनि आज बजार पुँजीकरण भने २३ अर्ब १३ करोड ९५ लाख रुपैयाँले बढेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।