मैलुङ्गखोला जलविद्युतको सेयर मूल्य समायोजन

0
Shares

मैलुङ्गखोला जलविद्युत कम्पनीको बोनसमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको चुक्ता पुँजीको २.२२११ प्रतिशत बोनसमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो ।

बोनस समायोजनपछि नेप्सेले कम्पनीको प्रतिकित्ता ४६१ रुपैयाँ ७४ पैसा निर्धारण गरेको छ । बिहीबार कम्पनीको सेयर धितोपत्रको दोस्रो बजारमा ४७२ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो । अन्तिम मूल्यलाई आधार मानेर बोनस समायोजन गरिएको हो । यससँगै आइतबार आज समायोजन भएको मूल्यमा कम्पनीको सेयर खुला हुनेछ ।

कम्पनीले दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गते शुक्रबार बुकक्लोज गर्दैछ । जसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

कम्पनीको सभाले चुक्ता पुँजीको २.२२११ प्रतिशतले हुन आउने रकम ८१ लाख ७६ हजार ८२४ रुपैयाँ १७ पैसा बोनस सेयर र कर प्रयोजनका लागि ०.११६९ प्रतिशतले हुन आउने रकम ४ लाख ३० हजार ३५९ रुपैयाँ १७ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

लाभांश पारित गर्न कम्पनीले चैत २९ गते, बिहीबार, लैनचौर ब्याक्वेट, लैनचौर, काठमाण्डौंमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।